अमेरिकामा छोटो कुरा गरे फुलको माला ,लामो कुरा गरे जुत्ताको माला

इनेप्लिज २०७२ कार्तिक २५ गते २:१८ मा प्रकाशित

 

BIJAY THAPA

अमेरिकनहरू लम्बेतान गफ गर्न झर्को मान्दछन l अमेरिकनहरू छोटो कुरा गर्दछन l लामो कुरा गर्न मन पराउदैन l जति संक्षिप्त भयो उति उनीहरु खुशी हुन्छन l लामो कुरा र गफ भयो भने काउसो लागेको जस्तो मान्दछन l उनीहरुमा चिढ चिढापन हुन्छ l  एक पटक लामो कुरामा अल्मलाउनु भयो भने अर्को पटक हातमा आउदैनन l छड किन्छन l बेपत्ता हुन्छन l

संचार माध्यममा कुरा गर्दा पनि छोटो गर्दछन l लामो र घुमाउरो मन पराउदैनन l अमेरिकामा सिधा कुरा गर्नु पर्छ l महाभारत भन्न थाले अल्मलिञ्छन l उनीहरु चाहे जति ठिक्क गफ गर्न मन पराउदछन l नेपालीहरु जस्तो गफ गर्नु पर्यो भने बाह्र बत्ताइसको कुरा गर्न जान्दैनन् l बिषय वस्तु संग केन्द्रित हुन्छन l

अमेरिकामा परिचय गर्दा पनि नेपाली जस्तै तीन पुस्तेको सोध खोज गर्दैनन l परिचय मै हजुरबुवा ,मामा ,काका ,ठुलो बुवा ,भान्जा ,ससुराली र मामाको घर थर र खानदान सोध्ने चलन हुदैन l नाम फलाना हो भने पछि पुग्यो उनीहरुलाई l आफ्नो परिवारको बारेमा पनि धेरै बक्न चाहदैनन् l त्यो निजि मामला भएकोले त्यता तर्फ जादैनन् l तर हामी नेपाली पहिलो भेटमा नै जति सक्यो त्यति थुत्ने प्रयास गर्छौ l सबै कुरा जान्ने प्रयास गर्छौ l  निकाल्न सम्म निकाल्न कोसिस गर्छौ l अमेरिकामा त्यसो गरे अस्वाभाविक ठानिन्छ l अनौठो मानिन्छ l बिचित्र ठान्दछन l मन पराईदैन l मन पराउदैनन l

त्यस्तो लहरो तान्दा पहरो जाने कुरामा नै जादैनन् l सारमा कुरा गर्न रुचाउदछ्न l अमेरिकामा छोटो गफ गरे फुलको माला लगाईन्छ l फुला द्वारा सम्मान गरिन्छ l लामो गफ गरे जुत्ताको पनि माला पनि लगाइन सकिन्छ l अर्थात् छोटो गफगाफमा आत्मियता बढ्ने हुन्छ भने लामो गफ गरे देख्ने बित्तिकै सुई कुच्चा ठोक्ने हुन्छन l संक्षिप्त भला कुसारी गर्दा हाय हाय हुन्छ l लामो कुरा गर्दा बाई बाई हुन्छ l छोटो कुराकानी गर्ने लाई मिठाई बाडिन्छ तर लामो गफ चुट्ने लाई पिटाई गर्दै धक्का दिइन्छ l

छोटो कुरा गर्ने लाई आऊ आऊ भनिन्छ लामो गफ गर्नेलाई जाऊ जाऊ भनिन्छ l छोटो गफ गर्ने लाई अहा भनिन्छ लामो गफ गर्ने लाई छ्या भनिन्छ l छोटो गफ गर्नेलाई स्वीकार गरिन्छ लामो गफ गर्नेलाई तिरस्कार गरिन्छ l लघु गफ गर्ने संग छाती मिलाईञ्छ तर दिर्घ गफ गर्नेलाई लात्ती हानिन्छ l छोटो गफ गर्नेलाई ताली दिइन्छ लामो गफ गर्नेलाई फाली दिइन्छ l

आखिर अमेरिकामा किन छोटो गफ गर्न मन पराइन्छ ?

अमेरिकामा मानिस अति व्यस्त हुन्छन l आंकडा अनुसार विश्व मै सबै भन्दा ज्यादा घण्टा काम गर्ने मानिस अमेरिकामा छन् l २४ सै घण्टा जीवन चल्दछ l समय कम छ l पैसाको पछाडी दौडिने नशा सबैमा छ l घन्टे प्रहारबाट डलर फल्दछ l गफगाफ र कुराकानी गर्दा अमेरिकन मुद्रा फल्दैन l अलिक जीवन कठिन छ l धेरै परिश्रम र मेहनत छ l फुर्सद निकाल्न धौ धौ हुने हुनाले नेपालीहरु जस्तै लामो गफगाफमा समय व्यतित गर्दैनन् l धेरै कुराकानी हुदा व्यक्तिगत जीवनका कुराहरु पनि खोतलिने हुन् सक्ने भएकोले धेरै गहिराईमा जाने गर्दैनन् l छोटो गफ गरि टुंग्याउने प्रयास गर्दछन l बेरोजगारीको प्रतिसत न्युनतम भएकोले मानिस व्यस्त पनि हुन्छन l अनि लामो कुराकानी भन्ने सवाल नै हुदैन l

अमेरिकामा रहेका नेपाली पनि के लामो गफ गर्न रुचाउदछन त ?

अझ पनि उताको धंग धंगे हुन्छ l  लामो कुरा गर्नु हाम्रो बिशेषता पनि हो l धेरे कुरा गरे नजदिक हुने हुन्छ l हामी तिन पुस्ते पनि सोध्ने गर्ने गर्छौ किनकी सानो देश भएकोले नाता गोता नै लाग्ने सम्भावना पनि हुन्छ l हामी नेपालमा ज्यादा फुर्सदमा हुन्छौ l जागिर जाने भन्ने पनि नेपालमा हत्त पत्त हुदैन l तर अमेरिकामा एक छिन् मा जागिर चट हुने हुन्छ l नेपालमा मासिक तलब अमेरिकामा यहाँ घन्टे तलब l नेपालमा ज्यादा पुरुष काम गर्ने हुनाले महिलाको ज्यादा फुर्सद हुने हुन्छन l नेपालमा बेरोजगारको मात्र ज्यादा भएकोले फुर्सद पनि हुन्छ l अनि समय बिताउने मेलो नै भाला कुसारी l लम्बे तान गफ l त्यो आदत हट्न समय लाग्दछ l अमेरिकाको पानी लाग्दै गरेकोले अब त्यो आदत बिस्तारै हट्ने क्रममा छ l

अमेरिकामा पुरुष तथा महिला दुवै नै ब्यस्त हुने हुनाले समय हुदैन l कुरा गर्दा छोटो गरेर अन्यलाई पनि समय व्यवस्थापन गर्नु पर्ने हुनाले छोटो गफ गर्न रुचाउने हुन्छन l धेरै गफ गर्न चाहदैनन् l अमेरिकामा छोटो कुरा गरे सबैले सुन्ने छन् तर लामो कुरा गरे सबै बसेको ठाउँ बाट उठ्ने छन् l

कुरा छोटो गर्नु उत्तम हुनेछ l कुरा संक्षेपीकरण गर्दा समय बचत हुनेछ l कुरा कम गरे मुखलाई आराम हुनेछ l अब अमेरिका आउने हुदा यसो गर्ने हो कि त ?

आगे यहाँहरुले मर्जी

प्रतिक्रिया