आयुक्त गुरुङ तथा नायक दिलिप रायमाझी द्वारा अमेरिकामा गीति अल्बमको बिमोचन

इनेप्लिज २०७२ कार्तिक २४ गते २३:५९ मा प्रकाशित

12214068_1036006813099005_1781636731_oअमेरिकाको सियाटल वासिंगटन राज्यका एसियन प्रशान्त अमेरिकन मामला आयोगका पहिलो नेपाली मुलका आयुक्त मोहन गुरुङ तथा नेपाली चलचित्रका नायक दिलिप रायमाझिले गत नोभेम्बर ७ तारिख भुटानी समुदाय द्वारा आयोजना गरिएको कार्यक्रममा सयुक्त रुपमा अपेक्षा मेरो नामक गीति अल्बमको बिमोचन गरेका छन् l

उक्त अपेक्षा मेरो नामक गीति अल्बममा कुमार राईको स्वर रहेको छ भने प्रख्यात हाँस्य कलाकार तक्मे बुढो विल्सन विक्रम राईले श्रब्य दृश्यमा नृत्यको अभिनय गरिएको छ l युवा भुटानी समुदायले नेपाली संस्कृति ,कला तथा परम्परालाई सम्बर्धन र प्रबर्धन गरेको देख्दा आफुलाई गर्व लागेको गुरुङले बताए l

IMG_2063
उक्त बिमोचन कार्यक्रममा भुटानी समुदायका युवाहरुको पहलमा अमेरिकाको बाल्टिमोरमा बस्दै आएका झन्डै २ सय भन्दा ज्यादा नेपाली चलचित्रमा अभिनय गरि सकेका दिलिप रायमाझी तथा ४० वर्षको इतिहासमा पहिलो पटक एसियन प्रशान्त अमेरिकन मामला आयोगका आयुक्तमा नियुक्त भएका गुरुङको बिशेष उपस्थिति रहेको थियो l

यसै गरि एसियन प्रशान्त अमेरिकन मामला आयोगका आयुक्त भएकोले लाओस राष्ट्र बाट अमेरिका आई बसोबास गर्ने एच मग समुदायले आमन्त्रण गरेको कार्यक्रममा सहभागी भएको बताएका छन् l  गुरुङ १९९९ मा नेपाल सियाटल समाज स्थापना गर्दै हाल बिभिन्न संस्थासंग आबद्ध रहेका गुरुङ हाल सपरिवार अमेरिकाको सियाटल वाशिंगटनमा बसोबास गर्छन l

IMG_2064

प्रतिक्रिया