भेडेटार नजिक ट्र्याक्टर पल्टियो, चालकको मृत्यु, दुई घाइते

इनेप्लिज २०७२ कार्तिक २४ गते १२:३१ मा प्रकाशित

Road Accidentधनकुटा, २४ कात्तिक । धनकुटाको भेडेटार बजार नजिक आज दिउँसोे ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् ।

खोटाङको दिक्तेलबाट अलैँची लिएर आउँदै गरेको को १ त ८७१५ नम्बरको ट्र्याक्टरको ब्रेक फेल हुँदा अनियन्त्रित भएर सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी ट्र्याक्टर चालक धनकुटा पाख्रिवासका ३० वर्षीय दीपक कार्कीको मृत्यु भएको हो । गम्भीर घाइते कार्कीलाई उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो ।

दुर्घटनामा खोटाङ च्यानडाँडा–८ का २० वर्षीय दीपक राई र १८ वर्षीय धनिराम राई घाइते भएका छन् ।

प्रतिक्रिया