उपराष्ट्रपतिद्वारा चियापान समारोह

इनेप्लिज २०७२ कार्तिक २४ गते १०:५२ मा प्रकाशित

Nandabahadur-Pun1-650x566काठमाडौँ, २४ कात्तिक । उपराष्ट्रपति नन्दबहादुर पुनले दसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरमा आज चियापान कार्यक्रमको आयोजना गर्नुभयो ।

उपराष्ट्रपति कार्यालय बहादुर भवनमा आयोजित चियापानमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, कामु प्रधानन्यायाधीश गिरिशचन्द्र लाल, सभामुख ओनसरी घर्ती, मन्त्रिगण, विभिन्न राजनीतिक दलका शीर्ष नेताको सहभागिता रहेको थियो ।

यस्तै सो समारोहमा सांसदहरु, नागरिक समाजका प्रतिनिधि, कूटनीतिक नियोगका प्रमुख, उद्योगी, व्यवसायी, सञ्चारकर्मीलगायतको उपस्थिति थियो ।

उपराष्ट्रपतिमा निर्वाचित हुनुभएपछि पुनले आज पहिलो पटक चियापानको आयोजना गर्नुभएको हो ।

प्रतिक्रिया