ग्यास, तेलसँग राष्ट्रियता साट्दैनौँ: उपप्रम केसी

इनेप्लिज २०७२ कार्तिक २४ गते ९:१८ मा प्रकाशित

chitrabahadurकाठमाडौँ, २४ कात्तिक । उपप्रधानमन्त्री चित्रबहादुर केसीले मुलुकलाई आत्मनिर्भर बनाउन कुनै कसर बाँकी नराखिने बताउनुभएको छ ।

नाकाबन्दीका कारण नेपालीले भोग्नुपरेको समस्याका बारेमा अवगत गराउन पुगेका नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष डिल्ली सापकोटाको नेतृत्वमा गएको टोलीसँगको कुराकानीमा सहकारी तथा गरिबी निवारणमन्त्री केसीले नेपाली जनतालाई पीडा भए पनि राष्ट्रियता, अखण्डता र सार्वभौमसत्ता खतरामा पारेर कुनै सम्झौता नगर्ने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो–“जनजीविका अत्यन्त कष्टकर छ, तर पनि ग्यास, तेलसँग राष्ट्रियता साट्दैनौँ ।” नाकाबन्दीका विषयलाई अन्तर्राष्ट्रियकरण गरेर तत्काल समस्या समाधान गरिने उहाँको भनाइ थियो । उहाँले खुला उदारीकरणका कारण देशले समस्या भोगेकाले अर्थनीतिमा हेरफेर गर्न आवश्यक रहेको औँल्याउनुभयो । समाजले कूटनीतिक पहल गरेर अहिलेको समस्या हल गर्न मन्त्री केसीलाई आग्रह गरेको थियो ।

प्रतिक्रिया