डिसी नागरिक समाजले भारतीय नाकाबन्दीको बिरोध व्हाइट हाउस अगाडी गर्ने

इनेप्लिज २०७२ कार्तिक २४ गते २:१३ मा प्रकाशित

FotoFlexer_Photo

डिसी महानगर क्षेत्र सेरो फेरोमा बसोबास गर्ने नागरिक समाजको बिशेष पहलमा भारतले लगाएको अमानबिय तथा अब्यबहारिक नाकाबन्दीलाई विश्वको ध्यानाकर्षण गर्दै बिरोध गर्न आगामी नोभेम्बर १५ तारिख वाशिंगटन स्थित राष्ट्रपति भवन व्हाइट हाउस अगाडी हजारौको संख्यामा जम्मा हुने भएका छन् l

यस बिरोध तथा खबरदारी कार्यक्रमको लागि नागरिक समाजका प्रतिनिधिहरु आगामी नोभेम्बर १५ तारिख मध्यान्ह १२ बजे वाशिंगटन डिसी स्थित मेमोरिएल मोनुमेन्ट (धरहरा स्मारक) मा जम्मा भै व्हाइट हाउस अगाडी व्यापक प्रदर्शनी गरि भारतीय दुताबासमा पुग्ने भएका छन् l

प्रदर्शनीमा व्यापक सहभागिता जुटाउन डिसी महानगर  क्षेत्रमा रहेका सम्पूर्ण संघ तथा संस्था ,ब्यबसायी ,बुद्धिजीवी ,बिद्यार्थी ,विभिन्न पेसामा संलग्न व्यक्तिहरु  ,साहित्यकार ,शिक्षक ,प्राध्यापक तथा सबै पेसामा आबद्ध सबैलाई समेत समेटिने जनाईएको छ l र यसको लागि नागरिक समाजका प्रतिनिधि हरुले पहल गर्न थालिएको जनाएका छन् l

बिरोध प्रदर्शनीको लागि वाशिंगटन डिसीमा रहेका र सूचना दिनु पर्ने निकायलाई जानकारी दिई सकेको छ भने बिरोध कार्यक्रमको लागी अनुमति पनि लिई सकेको जनाईएको छ l  डिसी महानगर क्षेत्र नागरिक समाजले कार्यक्रमलाई सफल बनाउन सबैलाई सहभागी भै दिनु हुन् नागरिक समाजका प्रतिनिधिले सबैमा आग्रह गर्ने भएका छन् l

प्रतिक्रिया