अमेरिकामा आज लगाएको वस्त्र भोलि किन लगाईदैन

इनेप्लिज २०७२ कार्तिक २१ गते ३:३४ मा प्रकाशित

bijay-2

अमेरिकामा आज लगाएको लुगा फेरी भोलि काममा आउदा त्यहि लुगा लगाउने चलन हुदैन l त्यहि लुगा लगाएर आउदा केहि टिप्पणी नगरीयता पनि मौन आस्चर्य मान्ने गरिन्छ l हिजो लगाएर आएको कपडा फेरी त्यहि लगाएर आएछ भन्ने याद गर्ने गरिन्छ l तर चियो चर्चो भन्ने चाही हुदैन l हिजो लगाएको लुगा भोलि काममा आउदा त्यहि लुगा देखियो भने बिचित्र मानिन्छ l तर कसैले खिल्ली उडाउने भन्ने चाही हुदैन l नकारात्मक दृष्टिकोणको नजर ले पनि हेरिदैन l छि छि र दुर दुर पनि गरिदैन l

हिजो लगाएको लुगा फेरी त्यहि लुगामा काममा टुप्लुक्क आई पुग्दा किन अर्को लुगा नलगाएको होला भन्ने आफ्ना साथीभाईलाई पर्न सक्दछ l लुगा बारेमा धज्जी उडाउने काम चाही कदापी गरिदैन l

हिजोको आज नै त्यहि लुगा लगाउने त्यो प्रचलन हुदैन l बरु हिजो लगाएको वस्त्र पर्सि लगाएर काममा आउदा केहि फरक नपर्ला तर त्यहि वस्त्र भोलि लगाएर आई दिदा अनौठो मानिन्छ l हिजोको लुगा फेरी दोहोरिएछ भनि मुखमा भन्ने गरिदैन l पछाडी पनि कुरा काटिदैन l काममा अरुले सदैब फरक कपडा लगाएर आउने हुदा नया कामदारहरु त्यहि अनुसार लगाउने गर्दछन l

धेरै जसो काम गर्ने ठाउँमा कामदारहरुको छुट्टै पोसाक हुन्छ l त्यस्तो सन्दर्भमा भने केहि अपबाद पनि हुने गर्दछ l अमेरिकामा गर्मीमा अति गर्मि र जाडोमा अत्यन्तै जाडो हुने गर्छ l पानी र बिजुलीको सुबिधा भएकोले मानिस सदैब सफा सुग्गर हुने मौका पाउछन l लुगा धुने काम यन्त्र बाट गरिने प्रचलन हुने भएकोले लुगा धुन समस्या नै नपर्ने हुन्छ l

सदैब स्नान गर्ने र सफा सुग्गर हुने हुनाले आज लगाएको वस्त्र भोलि पनि त्यहि लगाउने भन्ने प्रश्न नै हुदैन l नया आएका आप्रवासीहरुलाई प्रारम्भिक चरण मा यस कुरामा अज्ञानताको कारण त्यहि लुगा लगाएर आउने पनि गर्दछन l तर वातावरण नै आज लगाएको वस्त्र भोलि नलगाउने भएकोले बिस्तारै उनीहरु पनि परिवर्तन हुन्छन l

किन यसरि आज लगएको वस्त्र भोलि लगाउदैन त आखिर ?

जहि पनि वातानुकुलितको व्यवस्था हुन्छ l सडकमा काम गर्ने बाहेक अन्तरंग स्थानमा काम गर्दा पसिनाले शरीर गनाउने भन्ने अवस्था निकै कम हुन्छ l बहिरंग विभागमा काम गर्दा भने पसिनाको गन्ध हुने अवस्था हुन्छ l कर्मचारीहरु त्यहि लुगा दोहोर्याएर लगाई दिदा मनो बैज्ञानिक रुपले फोहोरी रहेछ भन्ने आरोप लाग्दछ भन्ने कुराले संबेदनशील हुन्छन l हिजो लगाएको लुगा भोलि कर्तब्यमा आउँदा त्यहि बस्त्र लगाउदा कतै गन्धे भन्ने लान्छना त लाग्दैन भनि अलिक सचेत हुने भएकोले त्यही लुगामा भोलि पल्ट काममा आउने गर्दैनन् l

अहिलेका पिढीहरु वेशभूषाको कारण हरेक दिन नया नया वस्त्र लगाउने र होडबाजीमा हुन्छन l एक पटक लगाएको लुगा दोश्रो पटक पनि नलगाई अर्को लुगा पनि लगाउने जमात ,समुह र वर्ग नभएको हैन l

तर औसतमा अमेरिका भरि आज लगाएको लुगा भोलि पनि त्यहि लुगा लगाएर काममा जाने भन्ने चलन न्युनतम हुन्छ l कम आमदानी र गरिब नै भएता पनि काम गर्ने छ भने लुगा दोहोर्याएर लगाउने देखिदैन l त्यो प्रचलन नै छैन l अमेरिका आए देखि अहिले सम्म काम गर्ने स्थानमा कहिले पनि कुनै पनि कर्मचारीले पुन ” त्यहि हु बहु लुगा लगाएर आएको फेला पर्न सकेको छैन l यस्तो बिरलै देखिन्छ l

स्वास्थ्यमा अति नै सचेत हुनुको साथै स्वस्थ तथा निरोगी रहने चाहना राख्ने भएकोले यस्तो उपाय गरिने गरिन्छ l अमेरिकामा मात्र हैन अन्य देशमा पनि आज लगाएको लुगा भोलि फेरी लगाएर आउने प्रचलन हट्दै गइ रहेको छ l त्यस्तो गतिबिधि झन्डै समाप्त नै भै सकेको हुनु पर्दछ l समग्रमा अमेरिकामा यस्तो प्रचलन भोगिएको छ l यहि रित अनुसार चालिएको पनि छ l अमेरिकाको तुलना नेपाल संग गरिएको पनि छैन l

युवा ,युवती ,पुरुष तथा महिला संग पनि तुलना गरिएको हैन l अन्य देशमा हिन्दिमा निकै चलेको शब्द “चलेगा ” भनि ह्याकुलाले मिच्दै त्यहि लुगा पटक पटक उपयोग गरिएको समेत सुनिएको छ l गरिबी र अन्य कारण बाट पनि त्यसो हुन् सक्ने भन्ने बिषय बस्तुलाई स्पर्स समेत नगर्दै यो पंतिकारले झन्डै एक दशक देखि गरेको भोगाईलाई हिस्सा गर्न चाहना राखेको मात्र हो l अन्यथा पाठकले लिनु हुने छैन l

प्रतिक्रिया