नेपाल भारत साहित्य गोष्ठी सम्पन्न

इनेप्लिज २०७२ कार्तिक १७ गते १४:५१ मा प्रकाशित

12185396_10203747458247300_5086469741588741731_oयुगकवि सिद्घिचरण श्रेष्ठ प्रतिष्ठानका प्रवक्ता साहित्यकार रामबाबु सुवेदीको नेतृत्वमा भारतको नयाँ दिल्ली, देहरादून र सिमलामा २०७२ कात्तिक ७ देखि १६ गतेसम्म आयोजना भएको नेपाल–भारत साहित्य गोष्ठी २०७२ मा सहभागी भई ६ जना स्रष्टाहरू स्वदेश फर्किएका छन् । देहरदूनको गोर्खाली सुधार सभामा आयोजित सो गोष्ठीमा सुवेदी लगायत साहित्यकारहरू राधेश्याम लेकाली, मोहनबहादुर कायस्थ, पवन आलोक, रामप्रसाद पन्त र डा.सुमन ताम्राकारलाई नेपाली परिषद् देहादूनले सम्मान पनि गरेको थियो ।

सो गोष्ठीमा दुई देशका साहित्यकारहरूका वीचमा साहित्यिक छलफल कार्यक्रम भएको र यस्तो कार्यक्रमलाई निरन्तर दिनेबारेमा पनि सहमति भएको थियो । कार्यक्रममा वरिष्ठ सर्जक चेतन कार्की, नेपाली परिषद, देहरादूनका अध्यक्ष साहित्यकार भुपेन्द्र अधिकारी, बेलायतका न्यायाधीश मधु गुरुङ, अनेसासको केन्द्रीय वरिष्ठ उपाध्यक्ष राधेश्याम लेकाली, साहित्यकार मोहनबहादुर कायस्थ, कर्नेल शक्ति गुरूङ र सारिका प्रधान लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रम लेफ्टीनेट कर्णेल वी.एस.श्रेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
यसैगरी युगकवि सिद्घिचरण प्रतिष्ठानका अध्यक्ष वरिष्ठ सर्जक जगदीश शमशेर राणाको समुपस्थितिमा सिमलामा साहित्य गोष्ठी सम्पन्न भएको थियो । सो अवसरमा सहभागी स्रष्टाहरूले आ–आफ्ना कविता वाचन गरेका थिए ।
सोही अवसरमा साहित्यकारहरू मोहनबहादुर कायस्थको ‘मोहनबहादुर कायस्थका प्रतिनिधि कविता’ र रामप्रसाद पन्तको ‘अविरल यात्रा’ कृतिहरूको विमोचन वरिष्ठ सर्जक जगदीशशमशेर राणाले गर्नुभएको थियो । सिमलामा आयोजित गोष्ठीमा नेपाली साहित्यका विविध विषयमा चर्चा–परिचर्चा गरिएको थियो ।
यसैगरी नेपाली दूतावास नयाँ दिल्लीले आयोजना गरेको नेपाल–भारत साहित्य गोष्ठी भारतका लागि महामहिम राजदूत दीपकुमार उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको थियो । नेपाल र भारतका स्रष्टाहरू सहभागी रहेको सो गोष्ठीमा साहित्यिक अन्तक्रिया र काव्य वाचन सम्पन्न भएको थियो । कार्यक्रममा महामहिम राजदूत दीपकुमार उपाध्याय, सभासद केशव बडाल, भारत नेपाल मैत्री संघका अध्यक्ष आर.एन.भारदा. साहित्यकार रामबाबु सुवेदी, राधेश्याम लेकाली, नेपालीदूतावास दिल्लीका सहसचिव कृष्ण ढकाललगायतले आ–आफ्नो मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा नेपाल र भारतका विभिन्न स्रष्टाहरूले नेपाली, हिन्दी र अंङग्रेजीमा कविता वाचन गर्नुभएको थियो । कार्यक्रममा नेपालमा गरिएको नाकाबन्दीबारे पनि वहस चलेको थियो ।
सो कार्यक्रममा सर्जकहरू डा.आलोक पुरनीक, चमन गुप्ता, गजेन्द्र सोलङकी, नरेश सानडिल्य, सुचित्रा गुप्ता, प्रो.आजाद सेन सचिलार, प्रियङ्का सेरावत, डा.प्रतिभा राणा, एस.के.भाटिका, डा.जे.एस.काडयान, कृष्ण प्रसाद पन्त, युवराज पोखरेल, बालकृष्ण पाण्डे, गणेश प्रसाद अधिकारी, रामबहादुर कार्की, राजेन्द्रमान श्रेष्ठ, भोलाराज जोशीलगायतका स्रष्टाहरूको सहभागीता रहेको थियो ।

12191170_10203747457047270_5585744484746795140_o

प्रतिक्रिया