राम्चे दुर्घटनामा तीसको मृत्यु

इनेप्लिज २०७२ कार्तिक १७ गते ११:४५ मा प्रकाशित

bus-accident-Rmache.Rasuwaरसुवा, १७ कात्तिक । काठमाडौँबाट रसुवाको चिलिमेतर्फ आउँदै गरेको ना३ख ५७०६ नंको बस आज दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ ।

ज्यान गुमाउनेमा १७ पुरुष, १२ महिला र एक बालक छन् । दुर्घटनामा ४५ यात्रु घाइते भएका छन् । मृतकको सङ्ख्या अझै बढ्न सक्ने प्रजिअ शिवराम गेलालले जानकारी दिनुभयो ।

पसााङल्हामु सडकखण्डको राम्चे गाविस–३ ग्राङस्थित सडकबाट बस करिब ५०० मि तल खसको थियो । बसभित्र र छतमा गरी करिब एक सयभन्दा बढी यात्रु सवार थिए ।

घाइतेलाई उपचारका लागि काडमाडौँ र जिल्ला अस्पताल धुन्चे लगिएको छ । प्रत्यक्षदर्शीका अनुसार छेउमा बस गुडाएपछि सडक धस्सिन पुगी दुर्घटना भएको हो ।

अहिले घटनास्थलमा नेपाली सेनाको नारायण दल गण, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धारमा खटिएका छन् ।

प्रतिक्रिया