झापामा सवारी दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

इनेप्लिज २०७२ कार्तिक १५ गते १४:१४ मा प्रकाशित

accident-signसुरुङ्गा (झापा), १५ कात्तिक । झापाका विभिन्न स्थानमा आज भएका सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अन्य पाँचजना घाइते भएका छन् ।

मृत्यु हुनेमा पाँचथरको रवि–७ निवासी ४६ वर्षीया मणिकुमार राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनलाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख २९५५ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको को १८ प १४५५ नम्बरको मोटरसाइकललाई पूर्व–पश्चिम राजमार्गअन्तर्गत धरमपुर चोकमा ठक्कर दिँदा मोटरसाइकल चालक राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता भीमबहादुर दाहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार मोटरसाइकलको पछाडि सवार दमक–१ निवासी ३६ वर्षीया लक्ष्मी राई गम्भीर घाइते भएकी छिन् ।

प्रतिक्रिया