अदुवा उत्पादनमा कमी

इनेप्लिज २०७२ कार्तिक १५ गते १०:३१ मा प्रकाशित

aduwa3पाँचथर, १५ कात्तिक । गत वर्षको तुलनामा यसवर्ष अदुवा उत्पादनमा कमी आएपछि जिल्लाको दक्षिणी गाविसका कृषक निराश बनेका छन् ।

जिल्लाको सराङडाँडा, माङजाबुङ, मौवालगायतका गाविसका स्थानीवासीले गरेको अदुवा खेतीबाट मनग्य उत्पादन नभएपछि कृषक निराश बनेका हुन् । असोजमा अत्यधिक पानी परेर कुहिएको तथा गत वर्षको जस्तो उत्पादन नभएको सराङडाँडा– ५ का कृषक भक्त चौहानले बताउनुभयो ।

“यसवर्ष बढी पानी परेर अदुवा पहेँलिएर अदुवा बिग्रिएको छ” उहाँले भन्नुभयो । गत वर्ष प्रतिमन रु एक हजारदेखि रु एकहजार ५०० का दरले रु डेढ लाखको अदुवा बिक्री गरेको चौहानले बताउनुभयो । यस्तै गाविसका अन्य कृषकहरुले समेत अदुवाबाट यथेष्ट उत्पादन हुन नसकेको बताएका छन् ।

प्रतिक्रिया