सोमबार, साउन १८ २०७८
काठमाडौं ०२:२०
वासिङटन डिसी 16:35

बावुराम र बदलिएको राजनीति

इनेप्लिज २०७२ कार्तिक १४ गते १३:२८ मा प्रकाशित

sanjoksimple ‘म र हिसिला कलेज पढाउछौ । छोरी बाख्रा पाल्छे’ – नेपाली राजनीतिमा सधै केन्दमा रहेका डा. बावुराम भट्राई फेरी भन्दैछन् ( “लक्ष्मी र सरस्वती एकै ठाउमा बस्ने संगठन बनाउने तयारीमा छु । बावुरामको बोली र फेरिएको राजनीतिले के संकेत गर्न खोज्दैछन् भन्नेमा जनतामा अन्यौलता छ ।

बावुराम एक अध्ययशील र चिन्तनशील राजनीतिज्ञ हुन् । एमाओवादीलाई यो स्थानसम्म ल्याउन उनको धेरै हात छ । लाखौ नेपाली युवाको आशाका केन्द थिए बावुराम । समाजिक सञ्जालमा बावुरामका धेरै प्रशंसक छन् । समाजिक सञ्जालमा प्रवासमा बस्ने लाखौ नेपालीले बावुरामलाई पछ्याउने गरेका छन् । तर एक्कासी बावुरामको राजीनामाको चर्चाले उनका धेरै शुभचिन्तकको मन कुडिएको छ । नेपालको आर्थिक विकास मार्गचित्र कोर्ने एउटा प्रखर राजनीतिज्ञको यो शैलै धेरैलाई अपच्य भयो । प्रवासबाट सधै शुभकामना पाउने बावुरामको फेसबुक वाल गालिको बहुछारले भरिए । खाडीमा काम गरिरहेका मेरा एक मित्रले लेखे – “बावुराम तिमीले पनि अरुले जस्तै आफ्नो असली अनुहार देखायौ ।

माईतीघर देखि कोटेश्वरसम्मको बाटोमा हिड्दा बावुरामको वर्णन गर्ने अमेरिका, युरोप र अष्टेलिया बस्ने मेरा केही साथिले पनि उनको यो शैलीको कडा आलोचना गरे । म आफै पनि नेपालको फराकिलो सडकमा डिह्दा हुनै युरोप वा अमेरिकामा हिडिरहेको महसुस गर्दथे । अहिले पनि बावुरामको राजीनामासंगै काठमाडौंको त्यो सुन्दर र फराकिलो सडक सम्झने गर्दछु । जेजस्तो भएपनि काठमाडौंमा सडक फरकिलो पार्ने काममा बावुरामले प्रशंसा पाएका नै हुन् । पछिल्लो पटक आर्थिक विकासको मार्गचित्रमा बावुराम कुनै पार्टीको नेता नभएर जनताको कार्यकर्ता जस्ता भईसकेका थिए । नेपाली जनताले उनबाट धेरै आशा गरेका थिए । यो अबस्थामा बावुरामले पार्टी परित्याग गरे । त्यसलाई गलत निर्णय भन्नेहरु धेरै छन् । मैले भने यसलाई फरक ढंगले अड्कल लगाएको छु । बावुरामले ठिक समयमा पार्टी छोडेर राम्रो काम गर्नुभयो जस्तो लाग्छ । तर बावुरामले बुद्धत्व शैलीमा पार्टी परित्याग गरेको देख्दा भने अचम्म लाग्यो ।

बावुरामले आफ्ना प्र्रिय कार्यकर्ता, परिवार, प्रशंसक र लामो समयदेखि संगसंगै हिडेका प्रचण्डलाई समेत आश्चर्यमा पार्दै किन पार्टी परित्याग गरे ? कतै बावुरामलाई राजनीतिक क्षेत्रबात नैराश्यता त छाएको हैन । त भएको हैन ? के बावुराम बुद्धमार्ग अपनाउन लागेका हुन् त ? कतै भारतीय प्रधानमन्त्री नरेन्द मोदीजस्तै लामो समय पलाएन भएर फेरी एक्कासी नयाँ सोच लिएर आउने बिचारमा त छैनन् ? कतै बावुराम केजरीवाला जस्तो बन्न खोजेका त हैनन् ? प्रधानमन्त्री हुदा नेपालमा नै बनेको मुस्ताड गाडी चढेर बावुरामले चर्चा समेत पाए । यस्ता बावुरामको के हो त अबको मार्ग ? यसको उत्तर अहिले स्वयं बावुरामलाई दिन समेत कठिन भइरकेको छ । तर यसको उत्तर नेपाली जनताले खोजीरहेका छन् । किन भने अझ पनि जनताले बावुरामबाट आशा गरेका छन् ।

मेरो दश बर्षको पत्रकारितामा मैले अहिलेसम्म बावुरामलाई भेटेको छैन । न त एक पटक फोनमा नै कुरा गरेको छु । म नेपालको राजनीतिमा त्यति जानकार पनि राख्दिन । किन भने मेरो पत्रकारिताको बिट नै फरक थियो । म विशेष गरी पर्यटन क्षेत्रमा कलम चलाउने गर्दथे । तर पनि बावुरामका केही कामबाट म प्रभावित भएको थिए । त्यसैले म जस्तो एउटा साधारण नागरिकलाई यो केही उत्सुकता विषय बन्यो ।
मेरो ब्यक्तिगत धारणा भन्नुपर्दा पछिल्लो समय नेपाली जनतालाई राजनीति देखि वाक्क लागिसकेको छ । नेपालको राजनीति अझ पनि राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, सभाषद् को बन्ने ? पदको बाडफाड, नियुक्ती, कार्यकर्ता, आफन्त, नाताबादमा मै अल्झिरहेको छ । यो अबस्थामा राजनीति परित्याग गरी बावुराम बुद्धको मार्गमा हिड्न चाहन्छन् भने उनलाई हामीले स्वागत् गर्नै पर्छ । एमाओवादीमा नै भइरहेको भए पनि बावुरामले अहिलेको सत्ता समिकरणमा राम्रो स्थान पाउन सक्थे । उपराष्ट्रपतिमा हिसिलाको सम्भावना पनि उत्तिकै रहन्थ्यो । तर यो सब अबसर बावुरामले गुमाए । उनले प्रचण्डलाई हिरो बनाएर पार्टी परित्याग गरे ।

यो अबस्थामा बावुराम साधारण जनता भएर बाच्न चाहन्छन् उनको यो कदम अरु नेताको लागि पनि प्रेरणाको श्रोत बन्न सक्छ । बावुराम विनासको राजनीतिमा नलागी विकासको राजनीति गर्न चाहन्छन् भने मैदानमा उनलाई साथ दिने धेरै युवाहरु अझ पनि छन् ।

भुकम्पपछिको आक्रान्त बनेको नेपालका जनताले अब नयाँ नेपाल बन्ने आशा गरेक छन् । हाम्रा अत्यन्त दुई छिमेकी मित्र देश भारत र चीनले पनि हामीलाई दुखको समयमा सहयोग गरेका नै हुन् । भारतले भूकम्पमा नेपालीलाई गरेको सहयोगलाई हामीले बिर्सन हुदैन । भारत र चीनबाट नेपाली जनताले धेरै आशा गरेका थिए । तर अहिले परिस्थिति ठिक उल्टो भएको छ । एउटा छिमेकी देश हामीसंग चिडिएको छ । विश्व राजनीति र अर्थतन्त्रमा भारत र चीनको चर्चा सधै हुने गर्दछन् । अमेरिकाले पनि आर्थिक खाका यही दुई देशलाई मध्यनजर गर्दै कोर्ने गर्दछ । यस्तो अबस्थामा हामीले विश्वको एक शक्तिशाली देश भारतसंग जोरी नखोजी कसरी हुन्छ मित्रताको हात बढाउनुको विकल्प छैन ।

हामी जस्तोसुकै राष्टियताका कुरा गरेपनि भारतले नेपाललाई यो अबस्थासम्म हेपाहा प्रवृत्ति अपनाउनमा नेपाली राजनीतिज्ञ दोषि छन् । नेपालका बरिष्ठ नेताहरु सधै सरकार परिवर्तन गर्नुपर्यो भन्ने भारत दौडाहामा निस्कन्छन् । भारतसंग सधै हात फैलाएर सहयोग माग्ने गर्दछन् । नेपालीलाई स्वयं आत्मनिर्भर बनाउनतर्फ कसैले यस अगाडि सोचेनन् । कुनै ठूलो निर्णय गर्नुपर्यो भने भारतीय दलका नेतासंग सल्लाह गर्ने प्रवृत्ति नै अहिलेको परिणाम हो । हामी आफैले आफ्नो निर्णय गर्ने हैसियत नराखेपछि भारतले हस्तक्षप गर्नु स्वभाविक नै हो । हामीलाई राजनीतिज्ञले देखाएको यो खोक्रो राष्टियताको नाटकले एक छाक खान पुग्दैन । पानी हालेर गाडी हाक्न सकिदैन । दाउरा बालेर सधै चुल्हो बाल्न कठिन छ ।

प्रशंग बावुरामकै राजनीतिमा जोड्न चाहेको हो मैले । जनता यस्तो पिडामा परेको अबस्थामा बावुरामले भारतको इशारामा वा कुनै आन्दोलनमा सहयोग गर्न राजीनामा गरेका हुन् भने जनताले उनलाई माफ गर्ने छैनन् । यदि बावुराम नेपाललाई अब परनिर्भर नभइ आत्मनिर्भर बनाउने खाका सहित आर्थिक एजेण्डा लिएर अगाडि बढ्न चाहन्छन् भने उनको कदलाई राम्रै मान्नु पर्दछ । राजनीति र नेताको यस्तो विदेश परस्तशैली, सत्ताको खेलबाट वाक्क भएर साधारण जनताको जीवन यापन गर्न तयार छन् भने बावुरामको कदमलाई स्वागत गर्ने पर्दछ ।

[email protected]

प्रतिक्रिया