अन्नपूर्ण प्रथम आरोहणमा गएका एक आरोहीको मृत्यु

इनेप्लिज २०७२ कार्तिक १४ गते ३:३६ मा प्रकाशित

annapurna_I_ABC_Morningमुस्ताङ, १४ कात्तिक । अन्नपूर्ण प्रथम हिमाल आरोहणमा गएका एक अस्ट्रेलियन नागरिकको मृत्युभएको छ ।

मुस्ताङ र म्याग्दीमा पर्ने अन्नपूर्ण प्रथमको आरोहणका लागि गएका ती आरोहीको छ हजार मिटरको उचाइबाट खसेर मृत्यु भएको सीमा प्रहरी चौकी भुरुङ तातोपानीले जनाएको छ ।

मृत्यु हुने आरोहीको पहिचान हुन सकेको छैन । हिमाल आरोहणका लागि एकदमै सहज मानिने अन्नपूर्ण प्रथममा चार जनाको टोली चार दिनअघि त्यसतर्फ गएका थिए ।

सहकर्मी खसेर मृत्यु भएपछि उनका सहकर्मी आधा बाटोबाटै फर्किएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले जानकारी दिनुभयो । “सीमा प्रहरी चौकीमा हामीले खबर गरेका छौँ, अप्ठ्यारो ठाउँमा रहेका कारण शव निकाल्न सक्ने अवस्था छैन–”उहाँले भन्नुभयो ।

आधार शिविरसम्म पुग्नका लागि हेलिकप्टर अथवा मुस्ताङको कुञ्जो हुँदै घुमाउरो बाटो जानुपर्ने हुन्छ । पैदल जाँदा दुईदिन लाग्ने भएकाले अधिकांश आरोही हेलिकप्टरमार्फत सिधै त्यहाँ पुग्ने गर्दछन् । मृतक आरोहीको पहिचान र शव ल्याउने प्रयास भइरहेको सीमा प्रहरी चौकीले जनाएको छ ।

प्रतिक्रिया