नन्दबहादुर पुनको उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता

इनेप्लिज २०७२ कार्तिक १३ गते ७:५७ मा प्रकाशित

Nandakishwor Pun "Pasang"pic taken on sep 2,2006काठमाडौँ, १३ कात्तिक । एकीकृत नेकपा माओवादीका स्थायी समितिका सदस्य नन्दबहादुर पुनले उपराष्ट्रपति पदमा आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ ।

व्यवस्थापिका–संसद् सचिवालय, निर्वाचन अधिकृतको कार्यालय नयाँ बानेश्वरमा पुगेर उहाँले आज दिउँसो १२ः४५ बजे उम्मेदवारी दर्ता गराउनुभएको हो ।

उहाँको प्रस्तावकमा नेकपा ९एमाले० का वरिष्ठ नेता झलनाथ खनाल र समर्थकमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९नेपाल०का प्रमुख सचेतक दिलनाथ गिरी रहनुभएको छ ।

तत्कालीन माओवादीले दश वर्षसम्म सञ्चालन गरेको सशस्त्र सङ्घर्षमा माओवादी सेनाको लडाकु कमान्डर रहनुभएका पुन दोस्रो संविधानसभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नं ४ मा नेपाली काँग्रेसका उम्मेदवार गगनकुमार थापासँग पराजित हुनुभएको थियो ।

राङसी–९ रोल्पा जिल्लाका स्थायी बासिन्दा पुनको उम्मेदवारी दर्ता गराउँदा प्रधानमन्त्री केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, महासचिव कृष्णबहादुर महरा, तथा एमाले, एमाओवादी र सत्ता गठबन्धनमा रहेका दलका नेता एवम् सांसदहरुको उपस्थिति रहेको थियो ।

उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपराष्ट्रपति पदका उम्मेदवार पुनले पार्टीको निर्णयअनुसार नै आफू उम्मेदवार बनेको र आफू पूर्णरुपमा विजयी हुने विश्वास व्यक्त गर्नुभयो ।

नयाँ संविधानको सहज कार्यान्वयन र पालना गराउनु आफ्नो प्रमुख दायित्व भएको उल्लेख गर्दै उहाँले मुलुकमा बाँकी रहेका काम र संविधानको संरक्षण गर्न आफ्नो प्रमुख भूमिका रहने बताउनुभयो ।

पुनले भन्नुभयो, ‘‘राष्ट्रलाई एकताबद्ध गरेर सयौँ जातजातिलाई एउटै मालामा समाहित गर्न म प्रतिबद्ध भएर लाग्नेछु, मुलुकको समृद्धिको चाहनालाई पूरा गर्न प्रयत्न रहनेछु ।’’

संसद्मा रहेका सबै दलले एकमतले मतदान गर्ने र विजयी गराउने उहाँको विश्वास थियो ।

प्रतिक्रिया