प्रजिअसहित सुरक्षा प्रमुखबाट कारागार निरीक्षण

इनेप्लिज २०७२ कार्तिक १३ गते ५:३२ मा प्रकाशित

गौशाला, १३ कात्तिक । महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्लाका सुरक्षा प्रमुखले जलेश्वर कारागारको हिजो निरीक्षण गर्नुभएको छ ।

प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादव, नेपाली सेनाको प्रकौलीस्थित फस्ट राइफल गणका प्रमुख कर्णेल पवन खत्री, नेपाल प्रहरीका प्रहरी उपरीक्षक जनक भट्टराई, सशस्त्र प्रहरी उपरीक्षक सुन्दर खड्का र राष्ट्रिय अनुसन्धानका प्रहरी उपरीक्षक बलवीर थापाले जलेश्वर कारागारको निरीक्षण गर्नुभएको हो ।

उहाँहरुले जेलर शोभेन्द्र ठाकुरसहित कारागारभित्रका महिला तथा पुरुष बस्ने प्रत्येक कक्षमा पसी कैदीबन्दीसँग भेटघाट तथा उनीहरुको दुःख, पीडा तथा गुनासोबारे जानकारी लिनुभयो ।

कारागारभित्र जिल्ला प्रमुख तथा सुरक्षा प्रमुख पुग्दा कैदीबन्दीले जेल प्रशासन तथा जेलर ठाकुरले आफूहरुलाई एकै परिवारका सबै सदस्य जस्तो माया, स्नेह र व्यवहार गरेको तथा दुःख सुखमा हमेसा साथ रहेको बताएका थिए ।

तर उनीहरुले नेपाल सरकारले कैदीबन्दीलाई दैनिक रासनबाहेक दिँदै आएको रु ४५ (बरन्नी) अपुग भएको गुनासो गर्दै सो रकम बढोत्तरीका लागि नेपाल सरकारसमक्ष कैदीबन्दीको कुरा पु¥याइदिन निरीक्षण टोलीलाई आग्रहसमेत गरेका थिए ।

प्रतिक्रिया