बलात्कार अभियोगमा पक्राउ

इनेप्लिज २०७२ कार्तिक १२ गते १४:३१ मा प्रकाशित

balatkar1भीमदत्तनगर, १२ कात्तिक । जडिबुटीको व्यापार गर्दै दार्चुलाको व्यास गाविस पुगेका कालीकोटका एक युवक बालिका बलात्कारको आरोपमा पक्राउ परेका छन् ।

व्यास गाविस–६ की चार वर्षीयालाई बलात्कार गरेको आरोपमा कालीकोट छिन गाविस–४ का २३ वर्षीय जीवनराज महतारालाई बुधबार राति पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिनुभयो । उनीविरुद्ध आजै जिल्ला अदालतमा जबर्जस्ती करणीअन्तर्गत मुद्दा दायर गरिएको छ ।

प्रतिक्रिया