सिरहा कारागारमा खाद्यान्न सङ्कट

इनेप्लिज २०७२ कार्तिक १२ गते १:४८ मा प्रकाशित

लहान, १२ कात्तिक । लामो समयदेखिको हडतालका कारण खाद्यान्नलगायत सामान आपूर्ति हुन नसक्दा सिरहा जिल्ला कारागारमा खाद्यान्न सङ्कट भएको छ ।

कैदीबन्दीका लागि चाहिने दाल, चामल, नुन, तेललगायतका रासन सामग्रीको सहज आपूर्ति नहुँदा समस्या भएको कारागार प्रशासनले जनाएको छ ।

दुई महिनाभन्दा बढी समयदेखि यातायातका साधन सञ्चालन नहुँदा कैदीबन्दीका लागि चाहिने रासन सामग्री ल्याउन नसकिएकाले कैदीबन्दीलाई खाना खुवाउन समस्या भइरहेको कारागारका प्रमुख शङ्करलाल कर्णले जानकारी दिनुभयो ।

यसैगरी खाना पकाउने ग्यास र दाउरासमेत उपलब्ध नहुँदा समस्या हुँदै आएको उहाँको भनाइ छ ।

सिरहाका कारागारमा १५० कैदीबन्दी अटाउने क्षमताको मात्र भए पनि हाल आठ महिलासहित ३०९ कैदीबन्दीलाई कोचाकोच गरी राख्नुपरेको प्रमुख कर्णले बताउनुभयो ।

प्रतिक्रिया