माइक्रोबायोलोजी ल्याब सञ्चालनमा

इनेप्लिज २०७२ कार्तिक १२ गते १:४४ मा प्रकाशित

भीमदत्तनगर, १२ कात्तिक । उपक्षेत्रीय अस्पताल डडेल्धुरामा माइक्रोबायोलोजी ल्याब सञ्चालनमा आएको छ ।

सामान्य ल्याबबाट रोगको पहिचान हुन नसक्दा यस क्षेत्रका बिरामी मर्कामा पर्ने गरेका थिए ।

माइक्रोबायोलोजी ल्याबबाट रगत, दिसा, पिसाब र खकारको परीक्षण गरिने उपक्षेत्रीय अस्पताल डडेल्धुराका मेडिकल ल्याब प्राविधिक ईश्वरीप्रसाद भुसालले जानकारी दिनुभयो ।

सुदूरपश्चिममा माइक्रोबायोलोजी ल्याब नहुँदा ठूलो धनराशी खर्च गरेर अन्यत्र उपचार गर्न जानुपर्ने बिरामीको बाध्यता हटेकोे छ ।

प्रतिक्रिया