बलात्कारको आरोपमा युवक पक्राउ

इनेप्लिज २०७२ कार्तिक ११ गते ५:३१ मा प्रकाशित

rapeइलाम, ११ कात्तिक । बलात्कारको आरोपमा इलाम दानाबारी–९ का एक युवकलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ३१ वर्षीय रामकुमार राई रहेका छन् । सोही गाउँकी २६ वर्षीया युवतीलाई बलात्कार गरेर फरार रहेका राईलाई लुकिछिपी बसेको अवस्थामा प्रहरीले गाउँबाटै पक्राउ गरेको हो ।

पक्राउ परेका राईलाई अहिले हिरासतमा राखेर अनुसन्धान भइरहेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदम थपलियाले बताउनुभयो ।

प्रतिक्रिया