इन्धनको अभाव देखाउँदै तेब्बर गाडीभाडा यात्रुबाट असुली

इनेप्लिज २०७२ कार्तिक ११ गते ३:०५ मा प्रकाशित

vadaपाल्पा, ११ कात्तिक । दसैँ–तिहारका बेला पहाडी जिल्ला पाल्पामा सञ्चालित सवारीसाधनले यात्रुबाट मनपरी भाडा असुल्ने गरेका छन् । इन्धनको अभाव देखाउँदै यहाँ सञ्चालित सवारीसाधनले दोब्बर, तेब्बर गाडीभाडा यात्रुबाट असुल्ने गरेका छन् ।

तानसेनदेखि गाउँ जाने र गाउँबाट तानसेन आउने स्थानीय यातायात साधन जिप, भ्यान, कारले मनपरी गाडी भाडा असुल्ने गरेपछि यात्रु मर्कामा परेका छन् । रु ९० मा लाग्ने भाडामा रु ३०० देखि रु ५०० सम्म गाडी भाडा असुल्ने गरिएको यात्रुको गुनासो छ ।

पाल्पा जिल्ला सदरमुकाम तानसेनदेखि गाम्रीण क्षेत्र रामपुर, छहरा, सिद्देश्वर, भुवनपोखरी, देवीनगर, जल्पा, ख्याहालगायतका स्थानमा पुग्ने जिपले मनपरी रुपमा भाडा असुल्ने गरेका छन् ।

प्रतिक्रिया