इन्धन बोकेको सातवटा गाडी नेपाल प्रवेश

इनेप्लिज २०७२ कार्तिक ११ गते २:५८ मा प्रकाशित

पथरी (मोरङ), ११ कात्तिक । विराटनगरको रानी भन्सार नाकाबाट मङ्गलबार साँझसम्म इन्धन बोकेका सातवटा गाडी नेपाल प्रवेश गरेका छन् ।

विराटनगर भन्सार कार्यालयका सूचना अधिकृत राजेन्द्र ढुङ्गानाका अनुसार जोगवनी नाका हुँदै मङ्गलबार साँझसम्ममा दुईवटा पेट्रोल, दुईवटा डिजेल र तीनवटा ग्यासको बुलेट रानी भन्सार भित्रिएका हुन् । गत सोमबार १५ वटा ग्यासका बुलेट र मङ्गलबार सातवटा इन्धनका गाडी भित्रिएका हुन् ।

पेट्रोलियम पदार्थका गाडी लाइनमा लागेको भए पनि भारतीय भन्सारले अन्य गाडीलाई क्रस गरेर पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करलाई अगाडि आउन नदिएपछि समस्या भएको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।

प्रतिक्रिया