बैतडीमा औषधि अभाव

इनेप्लिज २०७२ कार्तिक ११ गते १:४८ मा प्रकाशित

medicineबैतडी, ११ कात्तिक । भारतले गरेको अघोषित नाकाबन्दी र तराई क्षेत्रमा भइरहेको बन्दका कारण बैतडीमा औषधिको अभाव भएको छ । लगातारको बन्द तथा भारतको नाकाबन्दीका कारण जिल्लामा औषधि आउन नसकेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा गुणराज अवस्थीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “केन्द्रबाट औषधिको आपूर्ति नहुँदा स्वास्थ्य संस्थामा औषधि पठाउन सकिएको छैन ।” कतिपय स्वास्थ्य संस्थामा अहिले औषधिको अभाव रहेको र यो महिनाभित्र औषधि
आपूर्ति नभएमा स्वास्थ्य संस्थाले औषधि पाउन नसकिने उहाँले बताउनुभयो ।
चिकित्सक अवस्थीका अनुसार जिल्लाभरिका ६८ वटै स्वास्थ्य संस्थामा औषधिको अभाव रहेको छ । स्वास्थ्यचौकीमा ४२ प्रकारको औषधि निःशुल्क रुपमा पाइने गर्दछ । अहिले प्रायः औषधिको अभाव भइसकेको छ । स्वास्थ्य संस्थाहरुले औषधिको माग गरे पनि जिल्लामा मौज्दात नभएकाले आपूर्ति गर्न सक्ने अवस्था नरहेको उहाँले बताउनुभयो ।

यस्तै बालबालिकालाई दिइने खोप पनि यो महिनाका लागि मात्र मौज्दात रहेको चिकित्सक अवस्थीले भन्नुभयो । जिल्लामा रहेका स्वास्थ्य संस्थामा औषधिको अभाव हुन थालेको सम्बन्धित स्वास्थ्य संस्थाले पनि जनाएका छन् ।

प्रतिक्रिया