कलिलै उमेर मै चर्चित बन्न पुगिन् (गौरी भट्ट)

इनेप्लिज २०७२ कार्तिक १० गते ६:४४ मा प्रकाशित
2015-10-23
डडेल्धुरा को अलिताल गा.बि.स. जन्मनु भएकि गायिका गौरी भट्ट सांगितीक क्षेत्रमा पनि  जम्न सफल भएकी छिनउनि अहिले गीत संगीत को  साथ-साथै रेडियो धनगढी ९०.५ मेगाहर्ज मा दोहारी कार्यक्रम चलाउँछिन् । उनि अहिले केबल मात्र १७ साल कि छिन,अहिलेसम्म डेढ दर्जन गित मा र दिई सकेकी छिन्। उनि बच्चा देखिनै गीत गाउथे यस क्षेत्रमा उनको रुची थियो । संख्यामक रुपले कमै उत्पादन हुने देउडा संगितमा लाग्नेहरुको जमात पनि क्रमश : बढ्दै गएको छ। पश्चिमी क्षेत्रमा लोकप्रिय देउडा गित संगितको नेपाली सांगीतिक क्षेत्रमा बेग्लै महत्त्व पनि रहेको देखिन्छ ।  
   
प्रस्तुत छ उनै गायिका गौरीभट्ट संग संगीतका विविध आ​यामहरुमा केन्द्रित रहेर ​गोविन्द सिंह​​ले गर्नुभएको कुराकानी :-​
सानै उमेर मा चर्चित कलाकारको रुपमा चिनिन पाउँदा यहाँलाई कस्तो लाग्छ ? 
सांगितीक क्षेत्रमा बिगत 3 बर्ष देखि लागगिरहेकी छु । सांगीतीक क्षेत्रमा धेरै संघर्ष पश्चातः आज यो ठाउँमा उभिन पाएकी छु खुसि नै छु भन्नु पर्छ l
लोक संगीतमा प्रवेश गर्ने प्रेरणा कहाँबाट मिल्यो र कहिलेदेखि यो क्षेत्रमा प्रवेश गर्नुभयो ?
लोक संगीत मा जाने प्रेरणा साथी भाई र घर परिवार भो अनि आफ़न्थ हरुको साथ र सहयोग बाट मिल्यो  सर्ब प्रर्थम २०७१.११.०५ गते क दिन लाल बहादुर साउदको “का रुमाल सुकाउन्छई” नामक यल्ब  मा स्वर दिएकि थिये ,त्यो बेला  देखि नै लोक संगीतमा क्षेत्रमा प्रवेश गरे l 
 
संगित प्रती रुची कसरी बढ्यो ?
संगीत प्रति रुचि सानै देखि होl  म सानै देखि गीत संगीतको फ्यान थिए, अरुले गएका गित सुन्थे त्यसबाट अझै संगीत तिर को रुचि झन् झन् बढ्दै गयो भन्नु पर्छ l 
2015-10-14 (2)
 
पहिलोपटक स्टेमा कहिले गाउनुभयो ? 
 स्टेज सोहरुमाम लाई अहिले सम्म  गाएकी छैन तर पनि स्कुल प्रोग्राम हरु मा आफ्नो पर्तिभा दिइ सकेकि छुl बिधार्थी साथी भाईहरुबाट पनि मलाई सपोर्ट पनि मिलि रहेको छ र साथै घर परिवार बाट पनि सपोर्ट मिलि रहेको छl
 
अहिले सम्म कति वटा यल्बम  मा स्वर दिइ सक्नु भा छ  ? 
आजसम्म २ वटा तीजगीत, एउटा लोकदोहरी गीत र १३ वटा देउडा गीतमा आफ्नो स्वर दिएकि छु  । श्रोता र दर्शकको मायाँले गर्दा भोलिका दिनहरुमा भिडियो पनि खेल्छु। 
 
आफ्नै स्वर तपाईँलाई कस्तो लाग्छ ? र तीज को अल्बम को नाम के थियो ?
हा हा हा आफ्नो  स्वर खासै राम्रो त लाग्दिन म लाई त तर पनि श्रोता हरुको माया ले गर्दा  स्पोर्ट पाएको छु  र खुसी छु  । एउटा तीज अल्बम अमन  भट्ट को “बसी छौ बर्त ” हो तेस्मा आवाज मेरो र अमन  भट्ट  को थियो र अर्को “कानैमा झुम्का” सुरेन्द्र संग अल्बम को थियो। 
 
आगामी दिनमा यहाँको योजना के छ ? गीत,संगित मात्रै की अरु केही सोच्नु भएको छ ?
आगामी दिन मा चाही संगीत मै लाग्ने सोच छ म गीत संगीत को लागि जन्मे कि र संगीत मै मर्छु पनि  जस्तो लाग्छ गीत संगीत बाहेक अरु क्षेत्र सोचेको पनि छैन
 
कुन -कुन समयमा कस्ता कस्ता खाले गीत सुन्न मन पराउनु हुन्छ ? 
जुन सुकै समय मा जस्तो सुकै गीत पनि सुन्छु हरेक गीत ले मेरो मुटु छोय्को हुन्छ । i love music.
तपाईंको जीवनसँग मिल्दो गीत ? 
मेरो जीवनसँग मिल्दो गीत  कोइ पनि छैन तर गीत को गहिरहिमा डुबेर सुन्दा सबै गीत को काहानी आफनै जस्तो लाग्छ । 
 
देउडा गीत संगीत लोप हुदै छन् यस को के कारण जस्तो लाग्छ ? 
मलाई देउडा लोप हुनको मुख्य कारण  देश, विदेशमा हुने स्टेज सोहरुमा कहिलै पालो नै दिएको देखिदैन।अनि आज भोलि रेमिकस र आधुनिक र दोहारी बढी  चल्ने हुनाले पनि   देउडा गीत संगीत लोप हुदै छन् जस्तो लाग्छ
 
अन्तमा के भन्नु चाहन्नु हुन्छ ? 
मेरो मनमा भएका कुरा मेरा दर्शक सामु पस्कन अवसर दिनुभयो । म एउटा नेपाली  देउडा गायिका हुँ, हुन् त मैले तीज र दोहारी गीत  पनि स्वर दिसके कि छु  । सबैले मलाइ देउडा गायिका  यही भनेर चिन्नु भएको छ । मेरा स्वर मा रहेका  एल्बमहरुलाई माया गरिदिनुहोला भन्न चाहान्छु । साथै कुराकानी गर्ने अवसर दिनुभएकोमा हृदय देखी नै धन्यवाद दिन चाहान्छु ।
2015-10-14

प्रतिक्रिया