जुवाडे पक्राउ

इनेप्लिज २०७२ कार्तिक १० गते ४:१३ मा प्रकाशित

pakraauभद्रपुर, १० कात्तिक । झापाको बिर्तामोडस्थित एक घरबाट जुवा खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जुवाको खालबाट रु १४ लाख र कौडा पनि प्रहरीले बरामद गरेको छ ।

प्रहरीले सुराकीका आधारमा गएराति ११ः३० बजे घेरा हाली उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका जुवाडे सुनसरी र मोरङवासीका छन् ।

प्रतिक्रिया