स्याङ्जामा सेनाको जिप दुर्घटना हुँदा ११ जना घाइते

इनेप्लिज २०७२ कार्तिक ९ गते १४:५४ मा प्रकाशित

accident-signवालिङ, ९ कात्तिक । पश्चिम स्याङ्जाको श्रीकृष्णगण्डकी गाविस–३ दापमा आज अपराह्न नेपाली सेनाको जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

जैपतेबाट बेलटारी कार्यालयतर्फ जाने क्रममा कच्ची सडकमा कालीभञ्ज्याङ गण बेल्टारीको लु १ ञ ८२ नम्बरको टाटा जिप दुर्घटना भएको हो ।

जिप दुर्घटनामा परी घाइते हुनेमा सेनाका छ जनासहित पाँच जना सर्वसाधारण रहेका छन् । घाइते हुनेमा सेनाका उपसेनानी बाबुकाजी बस्नेत, हुद्धा राजन कार्की, सिपाही सरोज कार्की, ठाकुरराज नाउ, दीपक विक र प्युठ उमाकान्त जोशी रहेका छन् भने सर्वसाधारणतर्फ श्रीकृष्णगण्डकी गाविस–३ बेल्टारीका वर्ष ४० की वमकला न्यौपाने, वर्ष १९ की सीता पाण्डे, वर्ष १० की दिपीका पाण्डे, वर्ष ३८ का तारा पाण्डे र वर्ष ८७ का विपीन पाण्डे रहेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

दुर्घटनामा परी सेनाका सिपाही ठाकुरराज नाउ, सिपाही दीपक विक र प्युठ उमाकान्त जोशीलाई थप उपचारका लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ । अन्य घाइते सेना तथा सर्वसाधारणको अवस्था सामान्य रहेको छ । कच्ची बाटोमा जिपको ब्रेक फेल भई भित्तामा ठोक्किन गई उक्त दुर्घटना भएको बताइएको छ ।

प्रतिक्रिया