गृहमन्त्रीद्वारा सवारी सुविधा कटौती

इनेप्लिज २०७२ कार्तिक ९ गते १२:१२ मा प्रकाशित

Shakti-Basnetकाठमाडौँ, ९ कात्तिक । मुलुकमा चरम इन्धन सङ्कट भएपछि गृहमन्त्री शक्तिबहादुर बस्नेतले आफूले प्राप्त गर्दै आएको सवारी सुरक्षा सुविधा कटौती गर्नुभएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको ‘कारगेड’(अगुवापछुवा सुरक्षा दस्ता गाडी)सहितको सवारी साधन प्रयोग नगर्ने घोषणा गर्नुभएको हो । आइतबार तीन वटै सुरक्षा निकायका प्रमुखको बैठकमा मन्त्री बस्नेतले सो प्रस्ताव गर्नुभएको र आजदेखि लागू गरिएका हो ।

गृहमन्त्री बस्नेतले मुलुकले चरम इन्धन सङ्कट ब्यहोरेको र आफूलाई अहिले कुनै पनि सुरक्षा चुनौती नभएकाले प्रहरी र सशस्त्र प्रहरीका दुई वटा अगुवा र पछुवा गाडी कटौती गरिएको जानकारी दिनुभयो ।

रासससँग कुरा गर्दै मन्त्री बस्नेतले भन्नुभयो–“नागरिक इन्धन सङ्कटमा परेर हैरानी खेप्न बाध्य भएको अवस्थामा राज्यको साधन र स्रोतको खर्च गर्नु जायज नभएकाले सुविधा कटौती गरेको हुँ, तत्काल मलाई सुरक्षा चुनौती पनि छैन, मुलुक सङ्कटमा परेको बेला अनावश्यक रुपमा सुविधा लिने पक्षमा म छैन ।

प्रतिक्रिया