छाप्रोमा आगलागी हुँदा महिलाको मृत्यु

इनेप्लिज २०७२ कार्तिक ९ गते ९:४३ मा प्रकाशित

aaglaagiभक्तपुर, ९ कात्तिक । आफ्नै टहरामा लागेको आगोमा परेर भक्तपुरको नगरकोटमा एक वृद्धाको मृत्यु भएको छ ।

नगरकोट नगरपालिका–६ डाँडागाउँकी ८५ वर्षीया चम्पा पाण्डेको गएराति ८ बजे आफू बस्दै आएको छाप्रोमा आगो ताप्ने क्रममा आगलागी भएपछि जलेर ज्यान गएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक शेखर खनालले जानकारी दिनुभयो ।

मृतक पाण्डेको भक्तपुर अस्पतालमा शव परीक्षण गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया