झोलुङ्गे पुलको निर्माणसँगै तिम्बुपोखरीको यात्रा सहज

इनेप्लिज २०७२ कार्तिक ५ गते १२:३६ मा प्रकाशित

jholungeपाँचथर, ५ कात्तिक । पाँचथरको फलैँचा र ताप्लेजुङको कालिखोला गाविसको सिमानामा रहेको तिम्बुपोखरी जाने बाटोमा झोलुङ्गे पुल निर्माण गरिएपछि तिम्बुपोखरीको यात्राका लागि जाने तीर्थयात्रुलाई सहजता भएको छ ।

ताप्लेजुङ कालिखोला गाविसको वडा नं ८ र ९ जोड्ने खोलामा झोलुङ्गे पुल निर्माण गरिएपछि तीर्थयात्रुलाई सहज भएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष यामबहादुर बानियाँले जानकारी दिनुभयो ।

यस्तै, उक्त गाविसको वडा नं ७, ८ र ९ का करिब ९० घरधुरीलाई समेत आवतजावतका लागि सहजता भएको बानियाँको भनाइ छ । कच्ची प्रकारको पुलबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य तीर्थयात्रीका लागि यसले राहत पुग्नेछ ।

डिआरआइएलएएफको रु दुई लाख ३० हजार, कालिखोला गाविसको रु एक लाख २२ हजार आर्थिक सहयोग र स्थानीयवासीको करिब रु ५० हजार बराबरको श्रमदानबाट पुल निर्माण गरिएको हो ।

उक्त पोखरी पाँचथर र ताप्लेजुङको सीमावर्ती क्षेत्रमा रहे पनि पाँचथरको फलैँचाबाट कालिखोलाको बस्ती हुँदै तिम्बु पोखरीसम्म पुग्न सकिन्छ । उच्च पहाडी क्षेत्रमा रहेका कारण असारदेखि भदौको पहिलो हप्तासम्ममात्र तिम्बुपोखरीको यात्रा गर्न सकिन्छ ।

प्रतिक्रिया