भारतीय बजार वनबसाबाट महिलाको उद्धार

इनेप्लिज २०७२ कार्तिक ४ गते ४:३१ मा प्रकाशित

938f73433148_worriedwoman-300x170कञ्चनपुर, ४ कात्तिक । पश्चिमी सीमानाका गड्डाचौकी हुँदै भारतीय बजार वनबसा पुर्‍याइएकी कैलालीको पथरीया गाविस–९ की १८ वर्षीया एक महिलाको मङ्गलबार साँझ उद्धार गरिएको छ ।

अर्कै पुरुषसँग भारतको पञ्जावतर्फ जान लागेको फेला पारेपछि जोखिममा पर्नसक्ने आशङ्कामा उद्धार गरिएको माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताउनुभयो । “ती महिलासँग कुनै प्रमाण फेला नपरेपछि उद्धार गरेका हौँ” उहाँले भन्नुभयो ।

ती महिलालाई माइती नेपालको संरक्षणमा राखिएको छ । महिलालाई भारततर्फ लैजाने कैलालीकै दोदोधारा गाविस–९ का २२ वर्षीय अर्जुन विक जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको नियन्त्रणमा रहेका छन् ।

महिलाका आफन्तलाई बोलाएर छलफलपछि जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया