एमाओवादीभित्र मन्त्री चयनमा विवाद छ : प्रवक्ता शर्मा

इनेप्लिज २०७२ कार्तिक १ गते ४:०५ मा प्रकाशित

Documentary-BHAGYALE-BAACHEKAHARU-Miracle-Survivals-in-Nepal-Earthquake-405x600काठमाडौं, १ कात्तिक । एमाओवादीका प्रवक्ता दीनानाथ शर्माले मन्त्री चयनका विषयमा पार्टीभित्र खासै विवाद नरहेको बताउनुभएको छ । आज बिहान नेपालवाणी रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरागर्दै प्रवक्ता शर्माले मन्त्री बन्ने धेरै आकंक्षी हुने भएकाले सामान्य असन्तुष्टि सबै दलमा रहने भन्दै एमाओवादीमा भने त्यस्तो कुनै विवाद नरहेको उल्लेख गर्नुभयो । ‘मन्त्री बन्ने धेरै आकंक्षी हुनु स्वभाविक हो’, उहाँले भन्नुभयो, ‘तर हामीले मन्त्रीमा पठाउने निर्णय गर्ने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाललाई दिइसकेका छौँ ।’ उहाँले संभवत अर्को निर्णय नभएमा उपप्रधानमन्त्रीसहित कुनै एक मन्त्रालयको जिम्मेवारीमा पार्टीका तर्फबाट सचिव टोपबहादुर रायमाझीले नेतृत्व गर्ने बताउनुभयो । यसैबीच, एमाओवादी प्रवक्ता शर्माले राष्ट्रपतिका विषयमा अझै ठोस विषयमा छलफल नभएको बताउनुभएको छ । उहाँले राष्ट्रपतिमा कसलाई समर्थन गर्ने विषयमा छलफल हुन आवश्यक रहेको बताउनुभयो । ‘राष्ट्रपति कांग्रेसलाई पनि दिन सकिन्छ’, उहाँले भन्नुभयो, ‘दलहरूबीचमा उच्च प्रकारको सहमति होस् र सहमति तथा सहकार्यबाट राष्ट्रपति टुङ्गो लगाउँदा उचित हुन्छ ।’ उहाँले कांग्रेसले भद्र सहमति तोडेकाले राष्ट्रपति अहिले नै दिनुपर्छ भन्ने पक्षमा आफूहरू पनि नरहेको बताउनुभयो । यद्यपि सहमति गर्ने क्रममा जे पनि हुन सक्ने एमाओवादी प्रवक्ता शर्माको भनाइ छ ।

प्रतिक्रिया