ट्रकको ठक्करबाट एकको मृत्यु

इनेप्लिज २०७२ असोज २७ गते १३:४४ मा प्रकाशित

accident-signचितवन, २७ असोज । पूर्वबाट आउँदै गरेको मालबाहक ट्रकले आज बिहान एक जना पैदलयात्रीलाई भरतपुरको केन्द्रीय बस ट्रमिनल चोकमा ठक्कर दिँदा उनको घटनास्थलमानै मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर उपमहानगरपालिका–११ बस्ने ५० वर्षीय नन्दराम गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बिहान १०ः३० बजेको समयमा ना४ख ८८८ नम्बरको ट्रकले ठक्कर दिँदा उनको घटनास्थलमानै मृत्यु भएको हो । ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया