तीन स्थानमा यात्रु सहायता कक्ष स्थापना

इनेप्लिज २०७२ असोज २७ गते २:३९ मा प्रकाशित

इलाम, २७ असोज । चाडपर्वका समयमा यात्रुलाई सहज होस् भन्ने उद्देश्यले जिल्ला ट्राफिक कार्यालयले मङ्गलबार जिल्लाका तीन स्थानमा यात्रु सहायता कक्षा स्थापना गरेको छ ।

ट्राफिकले सदरमुकामस्थित बसपार्क, फिक्कल र पशुपतिनगरमा सहायता कक्षा स्थापना गरेको हो । चाडपर्वका समयमा सवारीसाधनमा यात्रुलाई हुने ठगी, असुविधालाई निराकरण गर्न सहायता कक्षा स्थापना गरेको जिल्ला ट्राफिक इन्चार्ज प्रहरी नायब निरीक्षक पदमबहादुर राईले जानकारी दिनुभयो ।

बसपार्कमा प्रनानि राई र प्रहरी हबल्दार श्यामप्रसाद थापा, फिक्कलमा प्रहरी सहायक निरीक्षक दुर्गाबहादुर बस्नेत र पशुपतिनगरमा प्रहरी जवान दिनेशप्रसाद शाह रहने गरी यात्रु सहायता कक्ष स्थापना गरिएको ट्राफिक प्रहरी चन्द्र माझीले बताउनुभयो ।

प्रतिक्रिया