प्रधानमन्त्री ओलीसमक्ष भुटानी शरणार्थीको आग्रह

इनेप्लिज २०७२ असोज २६ गते १२:१९ मा प्रकाशित

दमक, २६ असोज । आफूहरुलाई स्वदेश फिर्तीका लागि आवश्यक पहल गरिदिन झापाका विभिन्न शिविरमा रहेका भुटानी शरणार्थीले नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

नेसनल रिकन्सिलेसन कमिटी भुटानले आज एक अपिल निकालेर दुई दशकभन्दा बढी समयदेखि झापा र मोरङका शिविरमा कष्टपूर्ण जीवनयापन गर्दै आएका भुटानी शरणार्थीलाई ससम्मान स्वदेश फिर्ता हुन पाउने वातावरण बनाई दिन प्रधानमन्त्री ओलीसमक्ष आग्रह गरेका हुन् ।

संस्थाका अध्यक्ष शेरबहादुर राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा यसअघिका सरकारले भुटानी शरणार्थीको स्वेदश फिर्ती समस्या समाधान गर्न पूर्णरुपमा असफल भएकाले वर्तमान सरकारप्रति ठूलो आशावादी रहेको समेत उल्लेख गरिएको छ ।

प्रतिक्रिया