आज घटनास्थपना, हिन्दुहरुको ठुलो चाड दसैं सुरु

इनेप्लिज २०७२ असोज २६ गते ६:०५ मा प्रकाशित

dddd-335x232काठमाडौ, २६ असोज । हिन्दू नेपालीहरूको महान् चाड बडादशैं आजदेहि शुरु भएको छ । आज घरघरमा घटस्थापना गरेपछि दशैं शुरु भएको मानिन्छ । आज हिन्दू धर्मावलम्बीहरूले माटोको पूर्ण घडामा गाईको गोबर राखी घाम नछिर्ने अँध्यारो कोठामा जौ वा मकै रोपेर जमरा राख्ने चलन छ । आ–आफ्ना पूजाकोठा वा दसैंघरमा विधिपूर्वक दियो, कलश र गणेशको पूजा गर्ने र राखी पन्चरत्न चढाई शक्तिस्वरुपी दुर्गा भवानीको आराधना गर्ने परम्परा छ । यसरी उमारिने जमरा विजयादशमीका दिन मान्यजनहरूबाट टीका ग्रहण गर्दा टिकासँगै लगाउने गरिन्छ । दसैंको टीका लगाउँदा अरू फूलको सट्टा समृद्धिको प्रतीक पहेँलो जमरालाई प्रयोग गरिन्छ । भगवान् श्री रामचन्द्रले रावणमाथि विजय हासिल गर्ने उद्देश्यले शक्तिप्राप्तिका लागि शक्तिस्वरुपा महामाया भगवतीको आह्वान गर्न घडा स्थापना गरी बालुवाको चौकीमा जौ छरी पूजा आराधना गरेको विश्वासमा जमरा राख्ने गरिएको हो । परम्पराअनुसार घटनास्थापनाको उपलक्ष्यमा आज हनुमानढोका दरबारमा रहेको दसैँ घरमा वैदिक विधिपूर्वक जमरा राखी महाकाली, महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठहरूमा नवरात्रिपूजाको शुभारम्भ हुन्छ । नवरात्रिको उपलक्ष्यमा बिहान घरघरमा र भगवतीका मन्दिरहरूमा चण्डी र भगवती स्त्रोत्र पाठ गर्ने गरिन्छ ।

प्रतिक्रिया