चितवनको गामवेसीको चेपाङ संरक्षण केन्द्रलाई खाद्यान्न सहयोग

इनेप्लिज २०७२ असोज २३ गते १४:१७ मा प्रकाशित

DSCI0881 चितवन २३ असोज
चिवनमा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रलाई आज खाद्यान्न सहयोग भएको छ । काठमाडौंमा रहेको मण्डला अर्गनाइजेशनले केन्द्रमा आश्रित चेपाङ वालवालिकाहरुको लागि ५५ वोरा चामल,४० किलो दाल,५० केजी केराउ,४० केजी चना,१४० थान ट्याकसुट र स्टेशनरी सामाग्री सहयोग गरेको छ । अर्गनाईजेशनका महासचिव मिलन तामाङ,सल्लाहाकार प्रसित हुमागाई,सदस्य कर्साङ लामा र सक्षम व्याण्डका सदस्यहरुले केन्द्रमा पुगेर सो सामाग्री बालवालिकालाई हस्तान्तरण गरेका थिए । साथै व्याण्डका सदस्यहरुले वालवालिकालाई मनोरञ्जन प्रदान गर्न लोक धुन प्रस्तुतद गरेको थिए । त्यस्तै चन्द्रनिगाहापुरका रिक्सा चालक केदार प्रसाद तिमिल्सिनाले सहयोग जुटाएर ९ वोरा चालम र २ कार्टुन तेल सहयोग गरेका हुन । त्यसैगरी भरतपुरमा रहेको लायन्स क्लव अफ बागेश्वरी सर्मपणले पनि वालवालिकाहरुको लागि एक सय ५० थान चप्पल सहयोग गरेको छ । आज क्लवका अध्यक्ष पंकज धिताल,हरिप्रसाद पुढासैनी,कैलाश थपलिया लगायतको टोलीले केन्द्रमा पुगेर चप्पल हस्तान्तरण गरेको हो । त्यसैगरी केन्द्रमा आश्रित होमराज चेपाङलाई कालिका एफएमले आफनो बार्षिकोत्सवको अबसरमा नेपाल अधिराज्य भरीका चेपाङहरु मध्येबाट एसएलसी परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउन सफल भएको भन्दै प्रमाणपत्र सहित नगद तीन हजारले पुरस्कृत गरेको छ । होमराज चेपाङले २०७१ सालको एसएलसीमा ७६ प्रतिशत अंक ल्याएका उनी हाल केन्द्रमा आश्रित रही पञ्चकन्या उच्च माविमा विज्ञान संकायमा अध्ययनरत छन । उनलाई चेपाङ जातीको पहिलो एमवीवीएस डाक्टर बनाउने योजना रहेको केन्द्रका अध्यक्ष केपिकिरण शर्माले बताउनुभयो ।

DSCI0899
सुरक्षित बचतको साधारण सभा
जुटपानी । जुटपानीमा रहेको सुरक्षित बचत तथा ऋण सहकारी संस्था लि.को आठौं बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष द्रोर्णप्रसाद लामिछानेको अध्यक्षतामा भएको सो कार्यक्रममा सचिव हरि भण्डारले प्रगति प्रतिवेदन,लेखा समिति संयोजक शिशिर सिंखडाले लेखा परीक्षण प्रतिबेदन तथा कोषाध्यक्ष लालुप्रसाद दाहालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा उत्कृष्ट कारोवार गर्ने शेयर सदस्य बसन्ती पौडेल,धेरै रकम बचत गर्ने विष्णु सुनार,सबै भन्दा बढि कारोवार गर्ने इश्वारराज विष्ट,जेष्ट शेयरसदस्यहरु खडानन्द ढकाल र टंकप्रसाद ढकाललाई सम्मान गरिएको थियो । कार्यक्रममा शेयर सदस्यका छोरोछोरीवाट एसएलसी परीक्षामा उत्कृष्ट अंक ल्याउने सामुदायिक विद्यालयका २ र संस्थागत विद्यालयका दुई जना विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय भरतपुरका प्राचार्य केशब बहादुर थापा प्रमुख अतिथि रहेको सो कार्यक्रममा उदयपुर सामुदायिक वनका अध्यक्ष केशब लामा,सिद्धि विनायक आमाविका प्राचार्य विष्णुमणि लामिछाने,संस्थाका सल्लाहाकार समितिका संयोजक इश्वर तिवारी,संस्थापक अध्यक्ष श्यामन्त मणि लामिछाने,शेयर सदस्यहरु विनोद रेग्मी,कृष्ण भट्ट,रिता अधिकारी लगायतले वोलेका थिए । संस्थाका अध्यक्ष द्रोर्णप्रसाद लामिछानेको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष सित्तलकाजी श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए ।

DSCI0910 DSCI0925

प्रतिक्रिया