नोभेम्बर २९ का दिन कोरियामा दोस्रो ब्याडमिन्टन प्रतियोगिता हुने

इनेप्लिज २०७२ असोज २२ गते १०:४० मा प्रकाशित
2nd namastekorea-badminton banner copy
नेपाल कोरिया न्युज डट कमले आउंदो नोभेम्बर २९ का दिन दोस्रो ब्याडमिन्टन प्रतियोगिताको आयोजना गर्ने भएको छ । दक्षिण कोरियामा बसोवास गर्ने नेपालीहरुद्वारा ब्याडमिन्टन खेल प्रति देखाएको रुचि अनुसार नेपाल कोरिया न्युज डट कमको आयोजनामा उक्त प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।
दोस्रो नेपाली मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगितामा कुल २ इभेन्ट हुनेछन् । जसमा मेन्स सिङ्गल (Single) र मेन्स डबल (Double) हुनेछन् । मेन्स सिङ्गलमा प्रत्येक ब्यक्तिले एक्लो प्रयासमा फाईनलसम्म पुग्नुपर्ने हुन्छ भने मेन्स डबलमा आफुले रोजेका ब्यक्तिसंग मिली २ जनाले प्रतिद्वन्धीका रुपमा खेलेका अर्को टीमलाई जितेर फाईनलसम्म पुग्नु पर्नेछ ।
मेन्स डबल खेल्न चाहेमा आफुसंग मिलेर खेल्ने साथी चुनेर आउन सकिनेछ । टीम दर्ताका लागि भने २ जनाको सहमति अनुसार आफ्नो टीमको नाम दिनु पर्नेछ । यदि कुनै संस्थाको तर्फबाट भाग लिन चाहेको हो भने टीमको नाम सोही संस्थाको नाम हुनेछ ।
मेन्स सिंगलमा प्रथम हुने खेलाडीले नगद ३ लाख वनका साथ ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् भने दोस्रो हुने खेलाडीले नगद १ लाख वन् र प्रमाण पत्र प्राप्त गर्नेछ । यसैगरि मेन्स डबलमा प्रथम पुरस्कार नगद ५ लाख वन् का साथ ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् भने दोस्रो हुने टीमले नगद २ लाख वन् र प्रमाण पत्र प्राप्त गर्नेछ ।
प्रतियोगिता बारे केही नियमहरुः
१‍। टीम दर्ता गर्नका लागि अन्तिम म्याद नोभेम्बर १५ सम्म हुनेछ । नोभेम्बर २२ तारिखका दिन बेलुका ५ बजे टाईसिट निकालिनेछ ।
२‍। सिंगल खेलमा भाग लिनका लागि दर्ता शुल्क ५० हजार वन् हुनेछ ।
३। डबल खेलमा भाग लिनका लागि २ जनाको कुल १ लाख हुनेछ ।
४। सम्पूर्ण खेलहरु गोला प्रथाबाट खेलाईनेछ ।
५। सबै खेलाडीहरुले ब्याट आफैले बोकेर आउनुपर्नेछ भने कक् आयोजकले ब्यवस्था गर्नेछ ।
६। खेलाडीहरुको संख्या धेरै भएमा मेन्स सिङगल प्रतियोगितामा कुल २० अंकमा र मेन्स डबलमा चाहिं कुल ३० अंकमा खेल समाप्त हुने गरी नक आउटको आधारमा खेलाईनेछ तर खेलाडीहरुको संख्या कम भएमा बेष्ट अफ थ्री को आधारमा खेलाइनेछ ।
७‍। टीम दर्ताका लागि दोङ्देमुन स्थित कुमारी भान्छा घरमा सम्पर्क गर्न सकिनेछ वा फोन नम्बर 010-5540-8848 मा सम्पर्क गरी नेपाल कोरिया न्युज डट कमका संचालक पुरु जोशी वा 010-8544-4302 नेपाल कोरिया न्युज डट कमका सम्पादक गिरीराज कुँवरलाई सम्पर्क गर्न सकिनेछ ।
८। यस बाहेक छुटफुट भएका नियमहरु पुन सच्याउन सकिनेछ ।
प्रतियोगिता हुने मितिः २०१४ नोभेम्बर २९ । समयः १० बजेदेखि ।
खेल खेलाइने स्थानः जुङगु कुमिन ह्वेग्वान् दोङ्देमुन
जाने तरिकाः डुसान बिल्डिङको पछाडी (पहिले पटक ब्याडमिन्टन खेलाइएको हल)
ट्रेन लाईन १ र ४ दोङ्देमुन हिष्ट्री एण्ड कल्चर पार्क स्टेशन गेट १२ बाट सिधा ५ मिनेट अगाडी ।

 

प्रतिक्रिया