अजिङ्गरको छालासहित पक्राउ

इनेप्लिज २०७२ असोज २२ गते १:४५ मा प्रकाशित

pakraauभीमदत्तनगर, २२ असोज । प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्युरो महाकाली अञ्चलको टोलीले बिहीबार कैलालीबाट १२ फिट लामो अजिङ्गरको छालासहित एकजनालाई पक्राउ गरेको छ ।

अनुसन्धान ब्युरो महाकाली प्रमुख प्रहरी नायब निरीक्षक वीरेन्द्र जोहारी नेतृत्वको टोलीले अजिङ्गरको छालासहित सुर्खेत लगाम–८ का ४८ वर्षीय धौले कामीलाई कैलालीको सुङरखाल– १ चयाभावर इलाकाबाट प्रक्राउ गरेको हो ।

अजिङ्गरको छाला लिएर हिँडिरहेको अवस्थामा प्रहरीले कामीलाई पक्राउ गरी कारबाहीका लागि जिल्ला वन कार्यालय कैलालीको जिम्मा लगाएको जनाएको छ ।

प्रतिक्रिया