शुक्लाफाँटा आरक्षमा पर्यटकलाई दुई ठाउँबाट प्रवेश अनुमति

इनेप्लिज २०७२ असोज २१ गते २:५३ मा प्रकाशित

suklafaataकञ्चनपुर, २१ असोज । शुक्लाफाँटा वन्यजन्तु आरक्ष कार्यालयले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले दुई ठाउँबाट पर्यटकलाई प्रवेश अनुमति उपलब्ध गराउने व्यवस्था गरेको छ । आरक्षको मझगाउँ कार्यालयबाट मात्रै प्रवेश अनुमति दिइँदै आएकामा पिपरैया क्षेत्रबाट समेत पर्यटकलाई प्रवेश अनुमति दिने व्यवस्था गरिएको छ ।

“पर्यटकलाई आरक्ष घुम्न सुविधा पु¥याउने उद्देश्यले दुई ठाउँमा प्रवेश अनुमतिका लागि व्यवस्था मिलाएका हौँ” – आरक्षका मुख्य संरक्षण अधिकृत बेदकुमार ढकालले भन्नुभयो ।

महाकाली नदी माथिको मल्टिस्पान झोलुङ्गे पुल हेर्न आएका पर्यटकलाई आरक्षमा छिर्न यस कार्यले सहज हुने उहाँले बताउनुभयो ।

आरक्ष प्रवेशका लागि कार्यालयले नेपाली नागरिकबाट रु ५०, सार्क राष्ट्रका नागरिकलाई रु ५०० र तेस्रो मुलुकका पर्यटकका लागि रु एक हजार शुल्क निर्धारण गरेको छ ।

प्रतिक्रिया