बैतडी, २१ असोज । नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीले मर्सिकोर नेपालको सहयोगमा आर्थिक विकासमार्फत विपद् जोखिम न्यूनीकरण परियोजनाअन्तर्गत सञ्चालन गरेका क्रियाकलापको अनुगमन गरिएको छ ।
जिल्लाको न्वाली, गोकुलेश्वर र रुद्रेश्वरमा परियोजनाअन्तर्गत गरिएका क्रियाकलापको सञ्चारकर्मीको टोलीले अनुगमन गरेको हो ।
ती गाविसमा विपद् जोखिम न्यूनीकरण र स्थानीयवासीको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि उखुखेती, गाईपालन, फलफूलका वृक्षरोपण गरिएको छ ।
परियोजनाअन्तर्गत गोकुलेश्वरको बांगाबगरमा पहिरो रोकथामका लागि सामूहिक उखुखेती गरिएको छ भने कुइयादहमा पहिरोबाट प्रभावित परिवारलाई उन्नत गाईपालनमा सहयोग गरिएको छ ।
प्रतिक्रिया