ओलीलाई जोलीका समर्थन

इनेप्लिज २०७२ असोज २० गते २२:०९ मा प्रकाशित

15092712Dilipनेपालमा सहमतिको सरकार निर्माणको लागि राजनीतिक गतिबिधी तिब्र भएसँगै भावी प्रधानमन्त्रीलाई लिएर विभिन्न अडकलबाजी भईरहेको बेला अन्तर कुन्तमा एमाले अध्यक्ष केपी ओलीलाई भारतले नचाहेकोले उनी प्रधानमन्त्री हुन नसक्ने तर्कहरु पनि बजारमा हुन थालेका छन यो सहित नेपाल विरुद्ध गरिएको अघोषित नाकाबन्दी, नेपाल भारत सम्बन्ध सहितका विषयमा भारतीय जनता पार्टीका बरिष्ठ नेता बिजय जोलीसँग पत्रकार ऋषि धमलाले गरेकोले कुराकानी

नेपाल भारत सम्बन्धमा त दरार उत्पन्न भयो नि किन ?
यो स्थिति दुर्भाग्य पूर्ण हो । नेपालमा भारतको विषयमा जुन झुठो प्रचार भईरहेको छ त्यसबाट हामी दुखि बनेका छौ । भारत सधै नेपाललाई आफ्नो बराबरीको भाई मान्छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो कार्यकालको पहिलो १५ महिनामा दुई पटक नेपाल जानु भयो । दशहजार करोड रुपैयाको सफ्ट लोनको घोषणा गर्नु भयो । नेपालमा रोकिएका परियोजनाहरुलाई गतिदिन भारतको सरकारले सहयोग गर्यो । नेपालको विकासकोलागि एक विलियन यूएस डलरको प्याकेज सहयोगको घोषणा गर्यो । नेपालमा जब भुकम्प आयो तब सबैभन्दा पहिला एउटा छिमेकीको नाताले, एउटा भाईको नाताले भारत नेपालको साथ सहयोग गर्दै गरेको देखियो ।

नेपालमा आपूर्ति रोकिएको छ, भारतले नाकाबन्दी गरेको होईन र ?
यति धेरै सहयोग गर्ने भारतले के नेपालमा नाकाबन्दी गर्न सक्छ ?म नेपाली जनतासँग यो अपिल गर्छु कि आफ्नो मुटुमा, आफ्नो भगवानलाई साक्षि राखेर भन्छु भारत कहिले पनि नेपालको आर्थिक वा राजनीतिक नाकाबन्दी गर्ने पक्षमा थियो, न छ, न हुन्छ ।

नेपालमा यस्तो अवस्थको सृजना कसरी भयो त ?
जो भारत विरोधी शक्तिहरु छन, जो नेपाल विरोधी शक्तिहरु छन । जो भारत र नेपालको रोटी र बेटीको सम्बन्धलाई विगार्न चाहन्छन । त्यसले नेपाली जनतालाई भ्रमित पारिरहेको छ र भारतको विरुद्ध झुठो मिथ्या दुष्प्रचार गरिरहेको छ । भारतले कहिले पनि नेपालमा आर्थिक नाकाबन्दी न कहिले गरेको छ, नकहिले त्यस्तो निर्णय लिएको छ ।

तर नेपाली जनतामा त भारतले मधेस आन्दोलनलाई समर्थन गर्दै नाकाबन्दी गरेको चर्चा छ ?
हामी नेपालको सम्प्रभुतालाई सर्वोच्च मान्छौ । नेपालमा कस्तो संविधान हुनु पर्छ त्यसको परिकल्पना र निर्णय नेपाली जनता र नेपालका राजनीतिक दलहरुले निर्णय गर्ने विषय हो । हामी आम नेपाली जनताको जनजीवनको लागि जति चिन्तित छौ, त्यती नै मधेसी, थारु, आदीबासी जनजातिसहित जति बस्छन सबैकोलागि त्यती नै चिन्तित छौ । भारतले कहिल्यै पनि नेपालको संविधानको बिरोध गरेको छैन । तर आज जुन किसिमको परिस्थिति नेपालमा बनेको छ भारत विरोधी तत्वलाई अगाडि बढ्न दिईयो । मलाई ठूलो दुख छ, भारतको प्रधानमन्त्री नरेन्द्र मोदी जो नेपाललाई शसक्त बनाउन चाहन्छन, नेपालीको जीवनलाई सुखी बनाउन चाहन्छन, नेपाललाई विकासको बाटोमा लिएर जान चाहनु हुन्छ, जो नेपाल भारत सम्बन्ध बलियो बनाउने विषयमा दिनरात सोच्छ आज मेरो प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला नेपालमा जलाईन्छ भने यसले नेपाल र भारतको सम्बन्ध सुदृढ हुँदैन ।

तपाईको पार्टी र सरकारको कारण नेपालमा भारत विरुद्ध आक्रोस बढेको छ नि ?
म एउटा कुरा स्पष्ट पार्न चाहन्छु । भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, भारतका गृहमन्त्री राजनाथ सिंह, प्रधानमन्त्रीका सुरक्षा सल्लाहका अजित दुबल र नेपालमा सम्बन्ध बनाएको म भगवानलाई साक्षी राखेर यो स्पष्ट पार्न चाहन्छु कि भारतीय जनता पार्टीको नेतृत्व र मेरा नेताहरु सधैभरी नेपालको विकासको लागि कटिबद्ध छौ । नेपालमा मिथ्या आधारमा हल्ला फैलाएर जुन भारत विरोधी बातावरण बनाईदै छ त्यो गलत छ । भारतले कहिल्यै नेपालको संविधानको बिरोध गरेको छैन । भारतले सधै यो भनेको छ कि आम सहमतिको आधारमा नेपालको विकास हुनु पर्छ । आज तपाईहरु राष्ट्रिय सहमतिको सरकार बनाउन गईरहनु भएको छ । हामीले आम सहमतिमा गर्नुस भन्दा एण्टि नेपाल कुरा हुने तर तपाईले सहमतिको सरकार बनाउँदा प्रो नेपाली हुने । त्यसैले यो झुठा प्रचार हो ।

नेपालको संविधानलाई भारतीय जनता पार्टी र भारत सरकारले समर्थन गरेन ?
म आज आधिकारिक रुपमा भन्न चाहन्छु कि भारत कहिल्यै न नेपाल विरोधी थियो न छ, नरहन्छ । भारतीय जनता पार्टीको नेतृत्वले राती मिडनाईट आयल बालेर नेपालका राजनीतिक दलका नेताहरुसँग छलफल गरेको कि हामी कसरी नेपाललाई शान्तिपूर्ण बाटोमा हिडाएर अगाडि बढाउन सक्छौ । म भन्न चाहन्छु सन् २००५ मा जब भारतमा भारतीय जनता पार्टीको सरकार थियो, हाम्रा प्रधानमन्त्री अटल विहारी बाजपेयी हुनु हुन्थ्यो । नेपालमा शसस्त्र आन्दोलनबाट दश हजारको ज्यान गएको बेलामा नेपालमा शान्ति सम्झौता गराउने श्रेय कसैलाई जान्छ भने त्यो भारतीय जनता पार्टीका शिर्ष नेताहरुलाई जान्छ । माओवादीलाई जंगलबाट शान्तिपूर्ण राजनीतिमा ल्याउने श्रेय कसैलाई जान्छ भने त्यो भाजपाका नेताहरुलाई जान्छ । हामी जसले नेपालमा शान्ति ल्याउनकोलागि, नेपालको विकासको लागि, नेपाललाई अघि बढाउनको लागि, नेपालका सबै जातिप्रति समान चिन्ता प्रकट गर्दै नेपालीलाई हामीले बराबरीको भाई मानेका छौ । त्यस्तो नेपालको विरुद्ध भारतले सपनामा पनि सोच्न सक्दैन ।

नेपाली जनताले त तपाईहरुकै सरकारको कारण दुख पाईरहेका छन नि ?
दुख त हामीलाई पनि लागेको छ । हाम्रा प्रधानमन्त्रीले दुई पटक नेपालको यात्रा गर्नु भयो, प्रधानमन्त्री सपनामा पनि नेपाललाई शसक्त पार्ने कुरागर्नु हुन्छ, विकासको कुरा गर्नु हुन्छ, नेपाललाई हातमा हात मिलाएर अगाडि बढाउने कुरा गर्नु हुन्छ तर मिथ्या तथ्यको आधारमा, झुठो तत्वको आधारमा सोझा साझा नेपाली जनतालाई भड्काएर भारतीय प्रधानमन्त्रीको पुत्ला जलाउन लगाईन्छ भने मलाई पनि दुख हुन्छ । नेपालमा भारतले कुनै आर्थिक नाकाबन्दी गरेको छैन । भारतको ट्रक त नेपाल जान चाहन्छन । तर नेपाल जाने जुन सवारी साधनहरु थिए उनीहरुलाई नेपालका राजनीतिक पार्टीहरुले जान दिएनन ।

भाजपाले नै मधेसी दलहरुलाई समर्थन दिईरहेको छ ?
हामीले समर्थन गरेका छैनौ । हाम्रो केही चिन्ता अवश्य छ । नेपालमा मधेसीको माग कसरी संबोधन गर्ने भन्ने कुरा नेपालको सरकार र पार्टीहरुले तय गर्ने कुरा हो । हामी नेपालको आन्तरिक मामिलामा हस्क्षेप गर्ने पक्षमा न कहिले थियौ न छौ । भारतका नेता, भारतको लोकतन्त्र सधैनेपालको नेता र लोकतन्त्रको साथमा उभिएका छन । जब हामीले तपाईहरुको देशमा शान्ति बार्ता गराउन पहल लिएका थियौ त्यो बेला त तपाईहरुले भन्नु भएन कि भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरिरहेको छ । भारत नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरिरहेको छ भन्ने जुन झुठो र भ्रामक प्रचार गरिएको छ त्यो गलत हो । हामी नेपालकोसहयोगी हिजो पनि थियौ र आज पनि थियौ । नेपालका यूवाहरुलाई मेरो आग्रह छ । सामाजिक सञ्जलमा जो एण्टी ईण्डिन कुरा भईरस भईरहेको छ त्यो नेपाल र भारतकोसम्बन्धको विपरित छ । उनीहरु नेपालको सुभ चाहँदैनन । उनीहरु चाहन्छन कि नेपाल र भारत एक अर्काका विरुद्ध समानान्तर उभिउन । मधेसी पनि त्यती नै नेपाली हुन जति पहाडका मानिसहरु हुन । अहिलेको अवस्थालाई मधेस भर्सेज पहाड नबनाउनुस । यो नेपालको शान्तिको मुद्दा हो । नेपालमा ४० जनताको मृत्यू हुन्छ, नेपालको सडकमा सेना परिचालन गरिन्छ ।

अबको सम्बन्ध कस्तो हुन्छ त ?
दुई मुलुकको विचमा सुमधुर सम्बन्ध छ । त्यो सुमधुर नै रहन्छ । नेपालमा जुन सुकै सरकार होस, जुन सुकै राजनीतिक पार्टी होस भारतले सधै नेपाली जनताको निर्णयको सधैभरी स्वागत गरेको छ । आज पनि म भारतीय जनता पार्टीको एक स्वयमसेवकको नाताले घोषणा गर्छु कि भारतीय जनता पार्टीका एक एक नेता, एक एक कार्यकर्ता नेपाललाई समृद्ध शसक्त विकासको बाटोमा अघि बढेको देख्न चाहन्छ ।

नेपालमा सहमतिका सरकारको कुरा भईरहेको छ, तपाईको विचारमा कस्को नेतृत्वमा सरकार बन्ला ?
नेपाली काग्रेस र एमालेवीच पहिला भएको सहमतिको आधारमा सरकार बन्छ । नेपालका सबै नेताहरुसँग मेरो ब्यक्तिगत एवम राजनीतिक सम्बन्ध छ । प्रधानमन्त्री सुशील कोइराला, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, शेरबहादुर देउवा, प्रचण्डसबैसँग राम्रो सम्बन्ध छ । नेपालमा अब को प्रधानमन्त्री बन्ने भन्ने कुरा नेपाली दलहरुले निर्णय गर्ने कुरा हो । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मेरो एकदमै मधुर सम्बन्ध छ । म उहाँलाई एक लोकतान्त्रिक नेता मान्दछु । म उहाँलाई भारतसँग मित्रता गास्न चाहने नेताको रुपमा चिन्दछु । मेरो पछिल्लो नेपाल भ्रमणमा उनकै निवासमा अढाई घण्टा रात्री भोजमा भेट भयो र मलाई आज पनि ओलीजीको शब्द याद छ कि म पहिला नेपाली हु भनेर भनेको ।

त्यसो भए भारतीय जनता पार्टी केपी ओलीलाई समर्थन गर्छ ?
भारतीय जनता पार्टी कहिल्यै पनि नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैन । जब तपाईको स्वार्थ अनुसार हुन्छ तब भारतको समर्थन लिनु हुन्छ, जब तपाईको स्वार्थ अनुकुल हुँदैन तपाईहरु भारतले हस्तक्षेप गर्यो भन्नु हुन्छ । भारत नेपाल विरोध हो भनेर मजाक नगर्नुस । यो सिरियस मामिला हो, यो लोकतन्त्रको मामिला हो, यो लोकतान्त्रिक पार्टीहरुको मामिला हो । भारतीय जनता पार्टी आम सहमतिको आधारमा नेपालका राजनीतिक पार्टीहरुले जसलाई प्रधानमन्त्री चयन गर्छन चाहे त्यो ओली जी नै किन नहुनुहोस लोकतान्त्रिक र्ढंगले चुनिएको कुनै पनि ब्यक्ति प्रति आपत्ति हुँदैन । केपी ओली नेपालको अनुभवी नेता हुनु हुन्छ । नेपालमा ६० वर्षदेखि लोकतन्त्रलाई बलियो बनाउन लागि परेको नेताप्रति हाम्रोके आपत्ति हुन सक्छ र ? केपी ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, प्रचण्ड, बाबुराम भट्टराई, सुशील कोइराला, शेरबहादुर देउवा पहिला नेपाली हुन । नेपालको कोही पनि सन्ततीलाई नेपालका राजनीतिक पार्टीहरुले अगाडि ल्याउँछन भने हामीले त्यसलाई स्वागत गरेको तपाईहरुले पाउनु हुन्छ । भारत ए वा विलाई चाहन्छ भन्ने कुरा गलत हो । नेपालमा जुन भारत विरोधी गतिविधी भईरहेको छ, भारतीय प्रधानमन्त्रीको पुत्ला जलाई रहिएको छ म त्यसबाट दुखिछु तर पनि एउटा अपिल गर्छु नेपालमा शान्ति हुनु पर्छ, नेपालमा बार्ता हुनु पर्छ, नेपालमा आम सहमतिको सरकार बन्नु पर्छ, नेपाल विकासको बाटोमा अघि बढोस । एण्टी ईण्डिन भावनाको नेपालमा अन्त्य हुनु पर्छ । नेपालमा तेल, खाद्यान्न केही कम हुनु हुँदैन । नेपालको पक्षमा भारतीय प्रधानमन्त्री सधै उभिनु भएको छ । आर्थिक नाकाबन्दीको जुन हल्ला त्यहाँ चलाईदैछ त्यसमा तुरुन्तै विराम लाग्नु पर्यो । नेपालमा धर्मान्तरण हुनु हुँदैन ।

नेपाल त धर्म निरपेक्ष राष्ट्र भईसकेको छ नि ?
नेपालका जनता र राजनीतिक दलले तय गरेको विषय हो । तर म हिन्दु हु, म सधै विहान नुहाएपछि आमाबुबालाई प्रणाम गर्छु । हिन्दु देबी देबताको पुजा अर्चना गर्दछु । मलाई म हिन्दु हुनुको गर्व छ । मैले सुरुदेखि भन्दै आएको छु कि नेपालमा आज पनि ९० प्रतिसत हिन्दु धर्मावलम्बिहरु छन । तरपनि त्यहीका जनता र दलहरुको कुरा हो कुन धर्म मान्ने र कुन सस्कार मान्ने भन्ने कुरा । जो सरकार विना आफ्नो धर्म सस्कार अनुसार अगाडिबढ्छ त्यो अधर्मको बाटोमा हुन्छ । नेपालमा धर्मान्तरण रोकिनु पर्छ । म भारतीय हुँ तर पनि म नेपालीलाई सम्मान गर्छु किनकी अहिले पनि नेपालमा ५५ लाख नेपाली मुलका नागरिकहरु बस्ने गर्छन । भारतको उद्योग, सुरक्षा, डिप्लोमेसी, प्रजातन्त्रमा नेपालीहरुको ठूलो योगदान छ । नेपाल र भारतमा राहदाी र भीषा लाग्दैन यसले यो कुरा पुष्टि गर्छ कि नेपाल र भारत भाई भाई जसरी ब्यवहार गर्छन । म र मेरो पार्टी सधै नेपालमा विकास होस, नेपालमा शान्ति होस, यूवालाई रोजगार मिलोस, नयाँ उद्योग नेपालमा खुलोस, नेपाल विकासको बाटोमा अघि बढा्ेस, संसारमा नेपाल शसक्त सार्वभौम राष्ट्रको रुपमा परिचित होस भन्ने चाहन्छ । जय भारत, जय नेपाल ।

प्रतिक्रिया