बसको ठक्करबाट बालिकाको मृत्यु

इनेप्लिज २०७२ असोज २० गते ४:३४ मा प्रकाशित

accidentकावासोती, २० असोज । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको बर्दघाट–९ मा यात्रुवाहक बसले पैदलयात्रुलाई ठक्कर दिँदा एक बालिकाको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ ।

बुटवलबाट नारायणघाटतर्फ गुडिरहेको ना४ख ६४०१ नम्बरको बसले ठक्कर दिँदा गम्भीर घाइते बर्दघाट–१० की १४ वर्षीया सरस्वती चौधरीको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

दुर्घटना परी चारजना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा बर्दघाट–९ का १२ वर्षीय मौसम न्युरे, १४ वर्षीय स्वीकृत श्रेष्ठ, १२ वर्षीय राहुल सुनार र बर्दघाट–१० की १४ वर्षीया सृजना चौधरी रहेका छन् । उनीहरुको भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया