चन्द निकट क्रान्तिकारी विद्यार्थी टोली तातोपानीतर्फ

इनेप्लिज २०७२ असोज १९ गते २:४२ मा प्रकाशित

काठमाडौँ, १९ असोज । नेपालको उत्तरी भेग तथा चीनसँगको नाका तातोपानी खुलाउन अखिल क्रान्तिकारीको एक टोली त्यसतर्फ गएको छ ।

विप्लव नेतृत्वको नेकपा माओवादी निकट अखिल क्रान्तिकारीको नेतृत्वमा एक सय विद्यार्थी घरेलु औजारसहित तातोपानी नाका खुलाउन हिजो त्यसतर्फ लागेको हो ।

भूकम्पपछि भत्किएका तथा बिग्रिएका बाटो पन्छाएर नाका सञ्चालनमा ल्याउन सो टोलीले काम गर्ने महासचिव दीपेन्द्र चलाउनेले जानकारी दिनुभयो ।

काठमाडौँ उपत्यकाबाट ५० जना र सिन्धुपाल्चोक र आसपासका जिल्लाबाट गरी एक सयजना विद्यार्थीले नाका खुलाउन श्रमदान गर्ने छन् । सङ्गठनका केन्द्रीय सचिवालय सदस्य भारत मल्लको नेतृत्वमा गएको टोली एक हप्तासम्म नाका खुलाउन खटिने छन् ।

प्रतिक्रिया