प्रवासी नेपाली मन्च, नेदर्ल्यान्द्स को ऐतिहासिक अन्तर्क्रिया कार्यक्रम नेदर्ल्यान्द्स को होफदोर्प मा सम्पन्न

इनेप्लिज २०७२ असोज १९ गते १:३६ मा प्रकाशित

12079715_10205737077041088_1344306727820682501_n unnamed (2)

नेदर्ल्यान्द्स स्थित बिभिन्न संघ संगठन हरु मध्ये शक्तिशाली एवं महत्वपूर्ण मानिने नेकपा एमाले को प्रवासी संगठन प्रवासी नेपाली मन्च, नेदर्ल्यान्द्स को आकस्मिक् महत्वपूर्ण बैठक तथा अन्तर्कृया कार्यक्रम हिजो मिती ०४ अक्टोबर २०१५ मा नेकपा एमाले पोलिटब्युरो सदस्य तथा प्रवासी नेपाली मन्च अन्तरराष्ट्रिय समन्वय समिती का प्रमुख कमरेड बिन्दा पाण्डे को प्रमुख आतिथ्यमा नेदर्ल्यान्द्स को होफदोर्प मा सम्पन्न भएको छ।

प्रमुख अतिथी क. बिन्दा पाण्डे लाई स्वागत तथा खादा ओढाइ अभिनन्दन गरी सुरु भएको उक्त कार्यक्रममा नेपाल को भर्खरै जारी संबिधान को लेखन प्रकृया, नेकपा एमाले को त्यस प्रती को भूमिका तथा चुनौती, संबिधान जारी पस्चात मधेश आन्दोलन तथा भारतीय नाकाबन्दी लगायत प्रवासी नेपाली मन्च नेदर्ल्यान्द्स ले बिभिन्न बिषय हरु माथि खेल्न सक्ने भूमिका माथि ब्यापक छलफल तथा अन्तर्क्रिया हरु भएका थिए। संबिधान घोषणा पस्चात कुनै पनि नेपाल का उच्चस्तरिय नेता ले युरोप का नेपाली संगठन द्वारा आयोजित पहिलो अन्तर्क्रिया कार्यक्रम मा भाग लिनु र यसको श्रेय नेकपा एमाले लाई जानु मा यस मन्च ले प्रमुख अतिथी क. बिन्दा पाण्डे लाई बिशेष धन्यवाद र शुभकामना दिदै गौरवपूर्ण ईतिहास रचेको महसुस समेत गरेको छ।

नेपाली जनता ले आफनै मौलिक तथा लोकतान्त्रिक संबिधान लेखन पुरा गरी घोषणा तथा जारी समेत गरिसकेको र यस कार्य मा नेकपा एमाले ले प्रमुख नेत्रित्वदायी भूमिका खेलेको बिषय मा दुई मत छैन। देश का ९० प्रतिशत भन्दा बढी जनता ले पारीत गरी ६५ बर्ष पछी विश्व कै कान्छो र नौ हजार भन्दा बढी शब्दावली भएको विश्व कै लामो संबिधान नेपाली जनता ले पाउनु एक्काइसौ शताब्दिकै उदाहरणिय तथा राम्रो संबिधान भएको विश्व ले ठहर् गरेका छ । महा भुकम्प ले थला परिरहेको, भारतीय बिस्तारबाद र बिदेशी साम्राज्यबादी हरु को अप्रत्यासित चलखेल् तथा षड्यन्त्र ले ठाउँ लिरहेकै अवस्थामा समेत नेकपा एमाले को सम्पूर्ण पार्टी हरु संग को सफल समंन्वय पस्चात संबिधान जारी हुनु आज को आवश्यकता रहेको कुरा हिजो को अन्तर्कृया मार्फत हाम्रा प्रमुख अतिथी क. बिन्दा पाण्डे ज्यु ले स्पस्ट पार्नु भएको भयो। साथै महान जननेता स्व: कमरेड मदन भण्डारी ले प्रतिपादन गर्नु भएको सिदान्त “जनता को बहुदलिय जनबाद” लाई यस संबिधान मा पूर्ण रुपमा प्रयोग गरिएको र स्व: नेताको सपना साकार भएको ब्यहोरा समेत उहा ले बताउनु भएको छ।

unnamed

प्रमुख अतिथी कमरेड को अती ब्यस्तता का बाबजुद प्रवासी नेपाली मन्च नेदर्ल्यान्द्स का बर्तमान अध्यक्ष्य क. टिकाराम सापकोटा को अध्यक्ष्यता मा यस कार्यक्रम ३ घण्टा सम्मा चलेको थियो साथै यस अन्तर्क्रिया मा प्रथम पटक महिला हरु को प्रतिनिधित्व गर्दै भुतपुर्व अखिल नेपाल महिला संघ की कमला कुमारी श्रेष्ठ ले भाग लिनु भएको थियो। संगठन का उपाध्यक्ष्य क. प्रेम काजी गुरुङ ले कार्यक्रम लाई स्वागत गर्नु भएको थियो भने कार्यक्रम बिधिवत रुपमा संगठन का महासचिव क. हेम कुमार ले संचालन गर्नु भएको थियो।

हेम कुमार
महासचिव
प्रवासी नेपाली मन्च , नेदर्ल्यान्द्स।

प्रतिक्रिया