असोज १८
मोरङको पथरीशनिश्चरे १ शिखर चौकमा स्थापित डि.आई.सी.को कार्यालयमा कम्युनिटी को–अर्डिनेशन कार्यक्रम सम्पन्न भएको छ । शनिबार के.वाई.सी. पूर्वाञ्चल केन्द्र र सेभ द चिल्ड्रेन ग्लोबल फण्डको साझेदारीमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
के.वाई.सी. पूर्वाञ्चल केन्द्रका कार्यक्रम संयोजक लोकेन राईले सहजीकरण गरेका थिए । ड्रग्स र एचआईभीसँग सम्वन्धित तीन जिल्ला झापा, मोरङ र सुनसरीमा उक्त संस्थाले काम गर्दै आएको जानकारी गराए । संस्थाले कण्डम, पम्प्लेट, सिरिन्ज, तीन तीन महिनाको अन्तरालमा ब्लड परीक्षण, एच.आई.भी. भएका महिलाले एच.आई.भी. संक्रमित नभएको बच्चा जन्माउन, एच.आई.भी. संक्रमित बालबालिकालाई मासिक एक हजार प्रदान गर्ने लगायतका कुराहरु राख्नुभयो ।
उक्त संस्थाले एच.आई.भी.संक्रमितलाई आत्मनिर्भर बनाउन प्रत्येक व्यक्ति १५ देखि २० हजार सम्म लगानी गर्ने, ३ वा ६ महिनाको निःशुल्क तालिम, एच.आई.भी. संक्रमितलाई कोशी अस्पताल बिराटनगर र बि.पी.कोइराला धरानमा उपचार गराउने लगायतको सेवा सुविधाहरुको बारेमा जानकारी गराउनुभयो । कायक्रममा पथरीशनिश्चरेका प्रतिनिधि नरमाया बस्नेत, स्वास्थ चौकीका प्रमुख मुरारी आचार्य, ईलाका प्रहरी कार्यालय पथरीका प्रतिनिधि डिकराज प्रसाई, राजनीतिकर्मी, संचारकर्मी गोपाल काफ्ले लगायतले एच.आई.भी. सम्वन्धी आफ्ना कुरा राखेका थिए । चाडै नै यस किसिमको अन्त्ररक्रिया कार्यक्रम विद्यालय, प्रहरी प्रशासन र संचारकर्मीहरु माझ हुने लोकेन राईले जानकारी गराउनुभयो ।
प्रतिक्रिया