कृषि विकासमा सञ्चारको भूमिकाबारे अन्तरक्रिया

इनेप्लिज २०७२ असोज १८ गते ३:५७ मा प्रकाशित

भद्रपुर, १८ असोज । जिल्ला कृषि विकास कार्यालय झापाद्वारा आयोजित ‘कृषि विकासमा सञ्चारको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

कृषि पेसालाई मर्यादित बनाउन, कृषि उत्पादन बढाई राष्ट्रलाई समृद्ध बनाउन, कृषकको समस्यालाई उजागार गर्न र सरकारको कृषि नीति र कार्यक्रमलाई व्यापक प्रचारप्रसार गर्न सञ्चारकर्मीहरुको भूमिका बारेमा अवगत गराउनु कार्यक्रमको उद्देश्य रहेको छ ।

एक दिने सो कार्यक्रममा लगभग ३४ जना सञ्चारकर्मीको सहभागिता रहेको यस कार्यक्रममा वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिमल्सेना, नेपाल पत्रकार महासङ्घ झापा शाखाका उपसभापति तारामणि सापकोटा र प्राविधिक शालिकराम भट्टराईले कृषिलाई उन्नयन बनाउन आ–आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा बाली संरक्षण अधिकृत राजेन्द्र खरेल, नेपाल पत्रकार महासङ्घ, झापा शाखाका सभापति भीम नेम्वाङ, नेपाल प्रेस युनियन झापाका सभापति कृष्ण हुमागार्इंलगायतले कृषि र सञ्चारक्षेत्रको सम्बन्धबारे चर्चा गर्नु भयो ।

प्रतिक्रिया