धानबालीमा जङ्गली हात्तीको झुन्डद्वारा नोक्सानी

इनेप्लिज २०७२ असोज १८ गते ३:४८ मा प्रकाशित

dhurbe-hattiकञ्चनपुर, १८ असोज । गएराति आएको जङ्गली हात्तीको झुन्डले कञ्चनपुरको देखतभुली– ६ का आधा दर्जन बढी कृषकले लगाएको धानबालीमा ठुलो नोक्सानी पुर्‍याएको छ ।

राति १० बजेको बेला लालझाडी मोहना संरक्षण क्षेत्रबाट आएको हात्तीको झुन्डले पाक्नै लागेको धानबालीमा नोक्सानी गरेको स्थानीयवासी मङ्गलप्रसाद चौधरीले बताउनुभयो ।

हात्तीको झुन्डले स्थानीयवासी कृषक भंगी राना, किस्ना राना, गोविन्दा राना, चहेवा राना, आशाराम चौधरी, विष्णु चौधरीलगायतको दुई बिघा खेतमा लगाइएको धानबालीमा नोक्सानी पु¥याएको छ ।

तीस ३५ को सङ्ख्यामा रहेको हात्तीको झुन्डलाई रातभर मादल बजाएर र आगो बालेर भगाइएको चौधरीले बताउनुभयो ।

हात्तीको झुन्डलाई राती १ बजेपछि मात्रै भगाउन सक्यौँ पीडित कृषक किस्ना रानाले भन्नुभयो – “त्यतिबेलासम्म हात्तीले व्यापक नोक्सानी गरिसकेको थियो ।”

हात्तीको झुन्ड आउन थालेपछि यस क्षेत्रका बासिन्दा त्रसित अवस्थामा रहेका छन् । गत वर्ष पनि देखतभुलीको वडा नं २, ४, ६ र शङ्करपुरको कञ्जमा हात्तीको झुन्डले ठुलो नोक्सानी पु¥याएको थियो ।

प्रतिक्रिया