शेष घलेको पक्षमा मतदान गर्ने आव्हान सहितको को प्रेस विज्ञप्ति :-

इनेप्लिज २०७२ असोज १८ गते १:४० मा प्रकाशित

आदरणीय जनसमुदायहरु ,

हामि  बिशवभर छरिएर रहेका ग़ैर आवासीय नेपालीहरु आफ्नो जन्मभुमी छोडी बिदेशिनु बाध्यता र अवसर दुबै हो।  मानब सभ्यताको  उषाकालमा हाम्रा पूर्वजहरु आफ्नो मानवीय अस्तित्वको लागी संगठित भई परीबार, समाजअनी देशको  स्थापना गरे झै बिश्वभरका गैरआवासिय नेपालीहरु पनि

आ-आफ्नो ठाउमा आफ्नो भाषा ,संस्कृति ,भेषभुसा ,पहिचान ,अस्तित्व एवं नेपाल र नेपालीको बिकासको लागी  ग़ैरआवासीय नेपाली संघ (NRNA )को स्थापनागरी स्थापित भैसकेका छौ , त्यसैले NRNA हाम्रो सौख होहनआबस्यकता हो ।   गएको महाभुकम्पमा  बिश्वभरका गैरआवासिय नेपालीको सहयोग र सदभावमा NRNA ICC लेआर्थीक स्रोत र साधनको कुशल ब्यबस्थापन,परिचालन र बिक्तरण देखाउन सक्यो जसको कारण  NRNA सम्पुर्णनेपालीहरुको माझ प्रतिष्ठित  बनेको  छ । यसै पृष्ठभूमिमा आगामी अक्टोवर १४ देखि १७ सम्ममा  मा हुन गैरहेको एनआरएन अन्तरराष्ट्रीय समन्वय परिषद  सातों  महासम्मेलनको निर्वाचनमा  बर्तमान अध्यक्ष श्री शेष घले ले पुन:दोस्रो कार्यकालको लागी अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरीसक्नु भएकोबारे  यहाँहरुलाई सर्वविदित नै छ । एनआरएनए अन्तरराष्ट्रीय समन्वय परिषद ले  भुकम्पको बेला  भुकम्पपीडित लाई सबैथरीका अतिआबस्यक सेवा कौशलतापुर्ण तरीकाले प्रदान गर्न सक्यो भने अरु कैयौ प्रतिबध्दताहरु पुरागर्न बाकि नै छन । त्यसैले श्री शेष धलेजी को नेतृत्वमा आर्थीक  स्रोत र साधनहरु संकलनगरी राम्रोसंग बितरण र ब्यबस्थापन गरेकोमा नेपाल सरकार समेतले उच्च मुल्याङकन गरीसकेको अवस्थामा र अरु पुनर्निर्माण को अभियान लाई निरन्तरता दिनको लागी पनि उहाकै नेतृत्वको आबस्यकता महशुस गरी एनआरएन युएसएका  स्टेट च्याप्टरहरुले संयुक्तरुपमा गम्भीर छलफलगरी आगामी निर्वाचनमा उहाको पक्षमा मतदान गर्ने निर्णय गरेका छौ । आशा एवं बिश्वास छ हामिले गरेको यो महत्वपुर्ण निर्णयलाई  अमेरीका तथा बिश्वका सम्पुर्ण गैरआवासिय नेपाली जनसमुदायहरु ले स्वागत तथा समर्थन गरि  श्री शेष घलेलाई सर्वसम्मत वा उहाको  पक्षमा आफ्नो अमुल्य मत दान गरी बिजयी गराईदिनुहुने छ ।

धन्यबाद ।

अध्यक्षहरु एनआरएन युएसए स्टेट च्याप्टर

१ जेदु पोखरेल ,मेरील्यान्ड

२ ईश्वरी भट्ट ,न्युहाम्सायर

३ पुर्ण वानिया ,क्यालीफोर्नीया

४ सुमन वस्ती ,ईलीनोय

५ रेवतीराज अधिकारी ,नर्थ क्यारोलाइना

६ उत्तम लामीछाने ,टेक्सास

७ बासुदेव ख़नाल , कोलोराडो

८ राम ओझा , कनेक्टिकट

९ मुकुन्द ओझा ,न्युजर्सि

१०  दिवाकर मह्रर्जन  ,ओरेगन

११  आनन्द रेग्मी , न्यु म्याक्सीको

प्रतिक्रिया