पेट्रोलियममा अनियमितता

इनेप्लिज २०७२ असोज १७ गते १६:३६ मा प्रकाशित

20151004_125907

रत्ननगर, रेडियो अर्पण डेस्क
पूर्वी चितवनको रत्ननगरमा रहेको त्रिनेत्र पेट्रोल पम्पमा पेट्रोल बितरणमा अनियमितता देखिएको स्थानीय यूवाहरुले गुनासो गरेका छन् । आज त्रिनेत्र पेट्रोल पम्पमा पेट्रोलका लागि बुझ्न गएका यूवाहरुले बिना कुपन तेल बाँडिएको देखेपछि चितवनका प्रमुख जिल्ला अधिकारी बिनोदप्रकाश सिंहलाई फोन गरेर जिज्ञासा राखेका थिए । आफ्नो मौखिक आदेशमा पनि पेट्रोल बितरण गर्न सकिने र सर्बसाधारणलाई पेट्रोलका लागि अझै केहि दिन पर्खन भनेपछि यूवाहरु आक्रोशित हुँदै मिडियासमक्ष आएका थिए । प्रमुख जिल्ला अधिकारी बिनोदप्रकाश सिंहले निजी प्रयोजनका लागि आफ्ना आफन्तलाई पेट्रोल बितरण गरेको स्थानीय यूवा सुजन भट्टको आरोप छ । प्रमुख जिल्ला अधिकारी बिनोदप्रकाश सिंहले भने सर्बसाधारणलाई बितरण गर्ने तेल बितरण गरिसकिएको र प्रशासनको मातहतमा रहेको तेल प्रमुख जिल्ला अधिकारीको मौखिक तथा लिखित आदेशमा वितरण गरिने बताउनुभयो । आफूले पठाउने मौखिक तथा लिखित आदेशको आफूले सोहीअनुसार अभिलेख राख्ने गरेको प्रमुख जिल्ला अधिकारी सिँहले बताउनुभयो । यसअघि पनि प्रशासन मातहतमा रहेको पेट्रोलियम पदार्थको ब्यापक दुरुपयोग भैरहेको गुनासो सर्बसाधारणले गरेका थिए ।

प्रयोजन उल्लेख नगरिएको कुपन

प्रतिक्रिया