‘गैर आवासीय नागरिकता एनआरएन अभियानको उपलब्धि हो, सक्छौ खुसि बाँड, सक्तैनौ समुदाय नभांड’

इनेप्लिज २०७२ असोज २६ गते ५:३० मा प्रकाशित

न्यूयोर्क, १७ असोज ।  ‘गैर आवासीय नेपाली संघको पहिलो विश्व शिखर सम्मेलन र वार्षिक साधारणसभाले शन २००३ मा उठाएको मुद्धा मातृभूमि नेपालको नयाँ संविधानको धारा १४ मा  ‘…संघीय कानून बमोजिम आर्थिक,सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउंने गरी नेपालको गैर आवासीय नागरिकता प्रदान गर्न सकिने छ’ सम्बोधन भएको खबरले हर्षित रहेका नेपाली अमेरिकनलाई अन्यौलमा पार्ने सामाजिक संजालको अभिव्यक्ति प्रति ध्यान आकृष्ट भएको बताउदै संघको अमेरिकास्थित राष्ट्रिय समन्वय परिषदले विवाद र संकीर्णता होइन बिजयी भावमा सहकार्य गर्न समेत आग्रह गरेको छ । यस अघि गैर आवासीय नेपाली संघ मार्फत नेपाल सरकारले गैर आवासीय नेपाली परिचय पत्र जारी गरेको स्मरण गराउदै प्रवासमा रहेका नेपालीहरुको साझा संगठन एनआरएन मार्फत गैर आवासीय नागरिकता प्रदान गर्न बनाउनु पर्ने कानुन निर्माणमा समेत संघसंग नेपाल सरकारले हातेमालो गर्ने प्रस्ताव अघि बढाएको जानकारी गराउन चाहन्छ । यता आफुलाई नेपाली अमेरिकनको अगुवा भन्न रुचाउने तर गैर आवासीय नेपाली संघको पहलमा प्राप्त उपलब्धि गैर आवासीय नागरिकताको नाउँमा संघको राष्ट्रिय समन्वय परिषद र यसमा आवद्ध नेपाली अमेरिकन प्रति सामाजिक संजालमा बिष बमन गर्ने अतिरन्जित विचारको अगुवा नेपाली अमेरिकनहरुले दुरासयपूर्ण अभिब्यतिको संज्ञा दिएका छन् । आफ्ना मनमा लागेका विचार सामाजिक संजालमा अभिव्यक्त गर्न पाहिने हकको दुरुपयोग गर्दै पाउदा संघ भित्र पद र प्रतिनिधिको हान थाप गर्ने जस्केलाबाट पद र प्रतिनिधि नपाउदा दुरासयपूर्ण अभिब्यति सार्वजनिक गर्ने प्रवृत्ति सार्वजनिक भए लगतै नेपाली अमेरिकन समुदाय विभाजित गर्ने कार्यबाट रुष्ट समेत बनेका छन् ।  एक नेपाली अमेरिकनले भने, ‘लामो समय विभाजित र अन्यौल ग्रस्त रहेको नेपाली अमेरिकनलाई पहिलोपटक संगठित तवरले मातृभूमिसंग जोड्ने र अमेरिकी मुलधारमा सामाजिकीकरण गर्ने कार्यमा क्रियाशील एनआरएन अमेरिकालाई बिबादमा ल्याउने काम निन्दनीय छ । उनले भने, असंख्य सामाजिक संस्थाले नेपाली अमेरिकनलाई लुटेको बिगतको तितो अनुभव र त्यो अनुभवसंग मेलखाने सामाजिक संजालमा अभिव्यक्त विचार मौलाउनु भनेको पद र प्रतिनिधिका लागि जे पनि गर्नेहरुको बोलवाला हो यस्तो कुत्सित बिचारको सम्पूर्ण नेपाली अमेरिकन निन्दा मात्रै गर्न सक्छ ।’ गैर आवासिय नेपाली अभियानका एक अभियन्ताले भने, ‘समाजमा बिभाजन र विवाद गर्नेहरुको दिन सकियो । अवको नेपाली अमेरिकन एनआरएन अभियान मार्फत समाजिकिरणको यात्रामा एकतृत भैसकेकोले सामाजिक संजालमा अभिव्यक्त उनीहरुको विचार अनुमोदन गर्ने हो भने संघको निर्वाचन मार्फत आफ्ना अभिव्यक्ति सार्वजनिक गर्ने वा प्रतिनिधि र पद हाँसिल गर्ने बाटोमा लाग्न चुनौती समेत दिएका छन् । यसैबीच गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषदले आफुलाई नेपाली अमेरिकनको हितैषी बताउदै नेपाली अमेरिकनको साझा संगठन एनआरएन अमेरिकालाई लिएर  गरिएको बिष बमनको अभिव्यक्ति प्रति ध्यान आकृष्ट भएको जनाएको छ । संघले एक बिज्ञप्ति जारी गर्दै भनेको छ, ‘कुनै पनि देश ले प्रबासी हरु को हितमा नियम कानुनहरु बनाउदा सम्बन्धित मुलुकमा रहेका प्रबासीहरु को प्रतिनिधित्वगर्ने संस्थासंग मिलेर गर्दछ । मित्रराष्ट्र भारतले केहि दसक अगाडी एन आर आइ सम्बन्धि नियमावली बनाउदा अमेरिकामा रहेका प्रबासी भारतीयहरुको प्रत्यक्ष संलग्नता थियो । संघले गैर आवाशीय नेपालीहरुको विश्व शिखर सम्मेलन र सातौ वार्षिक साधारणसभामा सहभागी हुँदै गरेका गैर आवाशीय अभियानका संस्थापक अभियन्ता, प्रतिनिधि, पर्यवेक्षक तथा सम्पूर्ण गैर आवाशीय नेपालीहरुलाई मातृभूमि पुनर्निर्माण र सामाजीकरणको मुद्धामा सहकार्य गर्न समेत आग्रह गरेको छ ।

प्रतिक्रिया