बाल स्वास्थ्य शिविरबाट तीन सय लाभान्वित

इनेप्लिज २०७२ असोज १६ गते ४:२३ मा प्रकाशित

बाबियाचौर (म्याग्दी), १६ असोज । बेनी नगरपालिका–८ मा अर्थुङेमा रहेको जामुनाखर्क उच्च माविमा सञ्चालित निःशुल्क बाल स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटी अर्थुङे उपशाखाको आयोजनामा शुक्रबार भएको शिविरमा ३०५ विद्यार्थी र सात शिक्षक गरी ३१२ जना लाभान्वित भएका छन् ।

बालबालिकाको नाक, कान, घाँटी, दातलगायत स्वास्थ्य समस्याको निःशुल्क परीक्षण गरी परामर्श र औषधि वितरण गरिएको उपशाखाका सचिव काशीराम रेग्मीले जानकारी दिनुभयो ।

शिविरमा जिल्ला स्वास्थ्य कार्यालयका चिकित्सक हेमा जोशीको नेतृत्वमा विमल श्रेष्ठलगायत पाँच स्वास्थ्यकर्मीको टोलीले सेवा दिएको थियो ।

प्रतिक्रिया